Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:१४

दार्चुलामा निषेधाज्ञा जेठ १० सम्म लम्ब्याउन 'डिसिसिएमसी'को सिफारिस

Wide Nepal News
बुधबार, बैशाख २९, २०७८
गोकुलेश्वर : दार्चुलामा वैशाख ३१ गतेसम्म जारी निषेधाज्ञा थप १० दिन लम्बाउन सिफारिस गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । जिल्लामा अहिलेको अवस्था सामान्य नै रहेको निष्कर्ष निकाल्दै बैठकले जेठ १० गतेसम्म निषेधाज्ञा लम्बाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गर्ने निर्णय गरेको हो । सबै स्थानीय तहमा निषेधाज्ञाको अवस्था कायमै छ । यस्तै जिल्लामा खाद्य लगायतका पसलहरु खुल्ने समय यथावतै राख्ने निर्णय भएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताएका छन । जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरु खोल्न दिने अथवा बन्द कायमै राख्ने भन्ने बारेमा संस्थाका प्रबन्धकहरुसँग छलफल गरेर निर्णय गर्ने बैठकले जनाएको छ ।

प्रतिक्रिया