Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:१३

बैतडीको डिलासैनी गाँउपालिकामा ९ जनामा कोरोेना संक्रमण पुष्टि

Wide Nepal News
शुक्रबार, बैशाख ३१, २०७८
दार्चुला : बैतडीको डिलासैनी गाँउपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैशाख २७ गते डिलासैनी गाँउपालिकाका ४४ जनाको स्वाव संकलन गरेर जिल्ला अस्पताल बैतडी पठाएकोमा बिहिबार (हिजो) २० जनाको पिसिआर परिक्षण भएको र परिक्षण गरिएका मध्ये ९ जनामा कोरोना पोजिटिभ देखिएको डिलासैनी गाँउपालिकाका स्वास्थ्य शाखाका सह-संयोजक पुरुषोत्तम नाथले वाइड नेपाल न्युजलाई बताएका छन । कोरोना संक्रमण देखिएका मध्ये एकजना संक्रमितमा सामान्य लक्षण देखिएपनि बाँकि संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य शाखा सह-संयोजक नाथले बताएका छन । चाडैं संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरि स्वाब गर्ने संकलन तयारी भइरहेको डिलासैनी गाँउपालिकाले जनाएको छ । गाँउपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन गाँउपालिकाबासिलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया