Wide Nepal News सोमबार १६, भदौ २०८२ ०५:२०

सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

Wide Nepal News
शुक्रबार, बैशाख ३१, २०७८
सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ। सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो। त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने क्रममा मानव अङ्ग फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मानव कंकाल हेलिकप्टरमार्फत लुक्ला पु¥याएर इलाका प्रहरी कार्यालयलाई बुझाइएको जानकारी दिइएको छ। रासस

प्रतिक्रिया