Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०२:००

दार्चुलास्थित बैंकहरु आजदेखि २ घण्टाका लागि खुल्दै

Wide Nepal News
आइतबार, जेठ ०२, २०७८
गोकुलेश्वर : दार्चुला जिल्लामा रहेका बैंकहरु जेठ २ (आज) बाट २ घण्टाका लागि खुल्ने भएका छन । गत बैशाख ३० गते जिल्ला प्रशासन कार्यालय दार्चुलाद्दारा जिल्लामा जारी रहेको निषेधाज्ञा जेठ १० गतेसम्मका लागि थप गरिएको बारे नयाँ सुचना जारी गर्दै जिल्लास्थित बैंक तथा वित्तिय संघसंस्थाहरुलाई जेठ १ गतेबाट बिहान ८ बजेदेखि बिहान १० बजेसम्म २ घण्टाका लागि सेवा प्रवाह गर्न आह्वान गरिएको थियो । यसैबिच सोहि सुचना अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरस्थित केहिदिन देखि पूर्ण तथा आंशिक रुपमा बन्द रहेका बैंकहरुले आफ्ना ग्राहकहरुलाई जानकारी गराउदैं आजबाट २ घण्टाका लागि सेवा प्रवाह गर्ने कर्मचारीहरुले जनाएका छन । गोकुलेश्वरस्थित ग्लोबल आइएमइ बैंक्, मेघा बैंक तथा महालक्ष्मी विकास बैंक् आज बिहान ८ बजेबाट खुलेका छन । बैंकका कर्मचारीहरुले आफ्ना ग्राहकलाई बैकमा आउँदा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न आग्रह समेत गरेका छन ।

प्रतिक्रिया