Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०१:५१

जिल्ला अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु, दार्चुलामा ज्यान गुमाउनेको संख्या सात पुग्यो

Wide Nepal News
सोमबार, जेठ ०३, २०७८
दार्चुला : दार्चुलामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा ७२ वर्षीय पुरुषको सोमबार विहान ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिएका छन । दुहुँ गाउँपालिका वडा नम्बर ३ घर भइ हाल दार्चुला सदरमुकाम खलंगा बस्दै आउनुभएका ति पुरुषमा आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको बोहराले बताए । यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सात पुगेको छ । दार्चुलामा दोस्रो लहरको कोरोना फैलिएपछि ३३३ जनामा संक्रमण पुष्टि भएको छ  भने ४३ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया