Wide Nepal News आइतबार ०९, मङि्सर २०८१ ०८:०७

काँग्रेस नेतृ साउँदले गरिन गृह जिल्ला कञ्चनपुरलाई स्वास्थ्य सामग्री सहयोग

Wide Nepal News
सोमबार, जेठ ०३, २०७८
दार्चुला : नेपाल हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष तथा नेपाली काँग्रेस नेतृ जोत्सना साउँदले गृह जिल्ला कञ्चनपुर र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छन्। नेपालसहित विश्वभरी महाव्याधिको रुपमा लिएको कोरोना भाइरसको संक्रमणबाट बच्न महासचिव साउँदले गृह जिल्ला कञ्चनपुरका लागि ३ थान अक्सिजन कन्सन्ट्रेटर, १५ थान अक्सिमिटर, स्यानीटाइजर, मास्क लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् । यस्तै एक थान अक्सिजन कन्सन्ट्रेटर र पाँच थान अक्सिमिटर नेपाल पत्रकार महासंघ सुदूरपश्चिम शाखालाई सहयोग गरेकी छन् । विश्व महामारीका रुपमा फैलिरहेको कोरोनाबाट कसैले पनि स्वास्थ्य सामग्राको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले देश विदेशमा रहेका साथीहरुको सहयोगमा स्वास्थ्य सामाग्री सहयोग गरिएको महासचिव साउँदले बताएकि छन। सुदूरपश्चिमका अस्पतालमा अक्सिजन,अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्रीको अभावले विरामीहरु ज्यान गुमाइरहेका छन् ।’ महासचिव साउँदले भने ‘उक्त समस्यालाई मध्यनजर गर्दै केही स्वास्थ्य सामाग्री सहयोग गरेकी हु, अझ बढी स्वास्थ्य सामाग्री सहयोग गर्ने योजना थियो तर बजारमा स्वास्थ्य सामाग्री अभावका कारण गर्न सकिएन ।' उनले सुदूरपश्चिमका सबै जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रयास भइरहेको बताएकि छन।

प्रतिक्रिया