Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:३३

पल शाहको मुद्दामा सुनुवाइ जारी

Wide Nepal News
बिहिबार, जेठ १९, २०७९
एक नाबालिग गायिकामाथि बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा बहस सुरू भएको छ । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवैतर्फका वकिलहरूले बहस गरिरहेका छन् । शाहका ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्नेछन् । उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरूले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो ।
१५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरिसकेको छ ।

प्रतिक्रिया