बैतडीमा ५० शय्याको कोभिड अस्पताल बन्दै, अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान
Wide Nepal News
मङ्गलबार, जेठ ०४, २०७८
गोकुलेश्वर : बैतडीमा कोभिड अस्थायी अस्पतालको लागि काम सुरु भएको छ ।
जिल्ला अस्पताल बैतडीको नयाँ भवनमा ५० शय्या बराबरको कोभिड अस्थायी अस्पताल निर्माण गरिने भएको हो । ३५ वटा समान्य शय्या, १० वटा आइसीयु शय्या, थप शय्या प्रदेस सरकारसँग माग गर्ने गरी ५० शय्या बराबरको कोरोना अस्थायी अस्पतालको तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
अबको दुई हप्ता भित्रै कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बैतडीबाट प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिएका छन। निर्माणको काम सकिएपछि तुरुन्तै कोरोना बिशेष अस्पतालको रुपमा कार्यान्वयनमा जाने जिल्ला अस्पताल बैतडीले जनाएको छ ।
अक्सीजनकोचरम अभाव भोगिरहेको जिल्ला अस्पतालमा मंगलबारसम्म एक दर्जन सिलिन्डरहरु प्ग्न लागेको लागिएको प्रदेशसभा सदस्य भट्टले बताए ।
अस्पतालसित अहिले १० वटा अक्सिजन कन्सटे«टर र १८ वटा ठुला अक्सीजन सिलिन्डरहरु रहेको बताइएको छ ।
यसैबिच बैतडीमा ८० लाख बराबरको अक्सिजन प्लान्टको लागि बोल पत्र आह्वान गरिएको छ । प्रदेश सरकारबाट बिनियोजित ८० लाखमा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । अक्सिजन प्लान्ट निर्माणको लागि ७ दिने बोलपत्र आह्वान गरिएको प्रदेशसभा सदस्य भट्टले बताएका छन ।
प्रतिक्रिया