इप्रका गोकुलेश्वर र नेता भण्डारीको पहलमा अस्पताललाई १० थान सिलिण्डर हस्तान्तरण
Wide Nepal News
मङ्गलबार, जेठ ०४, २०७८
दार्चुला : इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलि र नेकपा माओवादी केन्द्र दार्चुलाका युवा नेता भुवन भण्डारीको पहलमा १० थान अक्सिजन सिलिण्डर संकलन गरेर गोकुलेश्वर अस्पताललाई बुझाइएको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणसंगै अस्पतालहरुमा अक्सिजन अभावमा ज्यान गुमाउनेहरुको संख्या पनि बढ्न थालेपछि प्रहरीले विभिन्न ठाँउबाट सिलिण्डर संकलन गर्न शुरु गरेको हो । मंगलबार आज दार्चुलाको मार्मा गाउँपालिका स्थित अपि पावर कम्पनी लिमिटेड बाट १० थान अक्सिजन सिलिण्डर संकलन गरेर गोकुलेश्वर अस्पताललाई बुझाएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरिक्षक अरुण बमले वाइड नेपाल न्युजलाई बताएका छन ।
अस्पालसित अक्सिजन अभावले बिरामीको उपचार गर्न समस्या आइरहेका बेला १० थान सिलिण्डर सहयोग मिल्नाले आफूहरुलाई राहत मिलेको बताउदैँ गोकुलेश्वर अस्पतालका प्रमुख डाक्टर नेयाज अन्सारीले खुसी व्यक्त गरेका छन ।
उक्त १० थान सिलिण्डर गोकुलेश्वरका उद्यमी समेत रहेका नेता भण्डारीले आफ्नै गाडीद्दारा गोकुलेश्वर अस्पताल ल्याइएको हो ।प्रहरी निरिक्षक बमले उक्त सिलिण्डरहरु गोकुलेश्वर ल्याउन र ढुवानी गर्नमा सहयोग गरेकोमा नेता भण्डारीलाई धन्यवाद व्यक्त गरेका छन ।
यसअघि गत साता इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलिले चमेलिया जलविद्युत केन्द्र बलाँचबाट ल्याएको १ थान अक्सिजन सिलिण्डर गोकुलेश्वर अस्पताललाई बुझाएको थियो ।
प्रतिक्रिया