Wide Nepal News सोमबार १०, मङि्सर २०८१ ००:०१

अधिवक्ता महराको संयोजकत्वमा दार्चुला कोभिड-१९ सहयोग तथा समन्वय मञ्च गठन

Wide Nepal News
बुधबार, जेठ ०५, २०७८
दार्चुला : दार्चुला कोभिड-१९ सहयोग तथा समन्वय मञ्च परिवार गठन गरिएको छ । भर्चुअल माद्यमबाट मंगलबार (हिजो) सम्पन्न बैठकले अधिवक्ता कृष्णसिंह महराको नेतृत्वमा दार्चुला कोभिड-१९ सहयोग तथा समन्वय मञ्च परिवार गठन भएको मञ्चका सहसंयोजक भुपेन्द्र बिष्टले जानकारी दिएका छन । यो मञ्चले कोभिड-१९ को दास्रो लहरले जिल्लाभर परेको असरबारे सूचना संकलन गर्ने साथै संक्रमित तथा संक्रमितका परिवारको स्थिति, लक्षण सहितका संक्रमितहरुको स्वास्थ्य उपचारको व्यवस्थाबारे जानकारी लिने र संक्रमण बढ्न नदिन स्थानीयबासीलाई सरकारद्धारा जारी स्वास्थ्य मापदण्ड पालना गर्न सहयोग गर्ने बताइएको छ । यस्तै दार्चुलाका दुईवटा अस्पताल, दार्चुला जिल्ला अस्पताल र गोकुलेश्वर अस्पताल मा हाल अत्यावश्यक रहेको अक्सिजन सिलिण्डर लगायत अत्यावश्यक अन्य स्वास्थ्य उपकरण र औषधीको उपलब्धताका लागि अस्पताललाई आवश्यक सहयोग तथा समन्वय गर्ने संयोजक महराले बताएका छन । पीसीआर परीक्षणको दायरा बढाउन, सामान्य लक्षण भई होम आईसोलेशनमा रहेका संक्रमितहरुलाई स्थानीय स्वास्थ्य संस्थामार्फत निगरानी गर्न र गम्भीर लक्षण देखिएकाहरुलाई छिटोभन्दा छिटो सुविधासम्पन्न अस्पतालसम्म पु¥याउन संघीय, प्रदेश र स्थानीय सरकारलाई दबाब दिने तथा समन्वयकारी भुमिका खेल्ने र हाललाई आर्थिक भन्दापनि समन्वयकारी भुमिकाको आवश्यकता रहेको भन्ने वैठकको निष्कर्ष रहेकोले हाललाई आर्थिक सहायता संकलनको काम सुरु नगर्ने र कहिँकतै आर्थिक अभावकै कारण दार्चुलाबासीले उपचार वा अन्य समस्या भोग्नुपरेमा अस्पताल र सरकारी निकायहरुसंग समन्वय गरी आर्थिक सहायता समेत उठाउन पछि नपर्ने निर्णय गरिएको बताइएको छ । थप जानकारीका लागि संयोजक महराले तयार पारेको तलको अनुरोधमुलक बिबरण हेर्नुहोस : दार्चुला कोभिड १९ सहयोग तथा समन्वय मञ्चको भर्चुअल वैठक सम्पन्न, ३५ सदस्यीय कार्यसमिति गठन । कोभिड १९ को दास्रो लहरले सिंगो देश आक्रान्त भएको बेला सुदूरपश्चिमको दार्चुला जिल्ला अछुतो रहने कुरा रहेन । महामारीको यो पीडाको बेला दार्चुलाका लागि के कसरी सहयोग तथा समन्वय गर्न सकिन्छ भनी आयोजना गरिएको भर्चुअल वैठक सम्पन्न भएको छ । वैठकले नौ वटै स्थानीय तहका दुई – दुईजना सक्रिय युवा, नौ वटै स्थानीय तहका स्वास्थ्य संयोजक, दुईवटै अस्पतालका प्रतिनिधी, समाजसेवी र संचारकर्मीसमेत रहने गरी देहाय बमोजिमको ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ । ३कार्यसमितिमा रहने मात्रै यस मञ्चका सदस्य नभई हामी सम्पुर्ण दार्चुलाबासी र दार्चुलालाई माया गर्ने ३सम्पुर्ण ३व्यक्तित्वहरु यस ३मञ्चका ३सदस्य हुन् । आफ्नो अति व्यस्त कार्यतालिकालाई पनि थाति राख्दै आजको भर्चुअल वैठकमा सहभागी भईदिनुभएकोमा सु।प। विश्वविध्यालयका पुर्व उपकुलपति आदरणीय गुरु प्रा।डा। जयराज अवस्थी सर, दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण सिंह साउदज्यू, अष्ट्रेलियामा रहनु हुने आत्मिय साथी पुष्कर समालज्यू, जापानमा रहनु हुने ईश्वर महराज्यू, दुबईमा रहनुहुने धनसिंह बडालज्यू लगायत संसारका सबै कुनाबाट हामीसंग जोडिनुभएका सम्पुर्ण साथीहरु र दुखको बेला केही गरौँ भनेर झक्झक्याउदै नेपालबाट जोडिन हुने थुप्रै साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यहाँहरुको साथ सहयोग र प्रतिवद्दताको लागि हार्दिक आभार व्यक्त गर्दछु । कार्यसमिति १ कृष्ण महरा संयोजक दुहुँ गा.पा. २ भुपेन्द्र बिष्ट सह संयोजक व्यास गा.पा. ३ खिमानन्द जोशी शैल्यशिखर न.पा. ४ पदम सिंह बडाल दुहुँ गा.पा. ५ माधब धामी मालिकार्जन गा.पा. ६ दिवान धामी मालिकार्जुन गा.पा. ७ माधब भट्ट महाकाली न.पा. ८ उदय सिंह बोहरा महाकाली न.पा. ९ केशर सिंह खाती ब्यास गा.पा. १० जिज्ञासु खत्री शैल्यशिखर न.पा. ११ पान सिंह ठगुन्ना अपिहिमाल गा.पा. १२ जनक सिंह ठेकरे अपिहिमाल गा.पा. १३ लोकेन्द्र प्रसाद जोशी लेकम गा.पा. १४ १५ कृष्ण सिंह ठगुन्ना नौगाड गा.पा. १६ रमेश धामी नौगाड गा.पा. १७ मार्मा गा.पा. २ जना १९ जिल्ला अस्पतालका प्रतिनिधी १ जना २० गोकुलेश्वर अस्पतालका प्रतिनिधी १ जना २१ नौ वटै स्थानीय तहका स्वास्थ्य संयोजक ३० जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधी १ जना ३१ जिल्ला कोभिड १९ शंकट व्यवस्थापन केन्द्रका प्रतिनिधी १ जना ३२ संचारकर्मी २ जना ३५ समाजसेवीहरुमध्ये २ जना समिति लगायत मञ्चका सदस्यहरुको जिम्मेवारी देहायबमोजिम रहेको छ । १० कोभिड १९ को दास्रो लहरले जिल्लाभर परेको असरबारे सूचना संकलन गर्ने साथै संक्रमित तथा संक्रमितका परिवारको स्थिति, लक्षण सहितका संक्रमितहरुको स्वास्थ्य उपचारको व्यवस्थाबारे जानकारी लिने र संक्रमण बढ्न नदिन स्थानीयबासीलाई सरकारद्धारा जारी स्वास्थ्य मापदण्ड पालना गर्न सहयोग गर्ने । २० जिल्लाका दुईवटा अस्पताल ९दार्चुला जिल्ला अस्पताल र गोकुलेश्वर अस्पताल० मा हाल अत्यावश्यक रहेको अक्सिजन सिलिण्डर लगायत अत्यावश्यक अन्य स्वास्थ्य उपकरण र औषधीको उपलब्धताका लागि अस्पताललाई आवश्यक सहयोग तथा समन्वय गर्ने । २० पिसीआर चेकको दायरा बढाउन, सामान्य लक्षण भई होम आईसोलेशनमा रहेका संक्रमितहरुलाई स्थानीय स्वास्थ्य संस्थामार्फत निगरानी गर्न र गम्भीर लक्षण देखिएकाहरुलाई छिटोभन्दा छिटो सुविधासम्पन्न अस्पतालसम्म पु¥याउन संघीय, प्रदेश र स्थानीय सरकारलाई दबाब दिने तथा समन्वयकारी भुमिका खेल्ने । ४० हाललाई आर्थिक भन्दापनि समन्वयकारी भुमिकाको आवश्यकता रहेको भन्ने वैठकको निष्कर्ष रहेकोले हाललाई आर्थिक सहायता संकलनको काम सुरु नगर्ने र कहिँकतै आर्थिक अभावकै कारण दार्चुलाबासीले उपचार वा अन्य समस्या भोग्नुपरेमा अस्पताल र सरकारी निकायहरुसंग समन्वय गरी आर्थिक सहायतासमेत उठाउन पछि नपर्ने । त्यसैले, अब जो जहाँ छौ त्यहिबाट तदारुकताका साथ सहयोग तथा समन्वय गरौ साथीहरू । संयोजक : कृष्ण महरा तथा दार्चुला कोभिड १९ सहयोग तथा समन्वय मञ्च परिवार

प्रतिक्रिया