Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०४:०८

संक्रमितको सहजताका लागि दार्चुलामा फोन स्वास्थ्य सेवा संञ्चालन

Wide Nepal News
बुधबार, जेठ ०५, २०७८
गोकुलेश्वर । दार्चुलामा फोन स्वास्थ्य सेवा कार्यक्रम संञ्चालनमा आएको छ । कोभिड १९ होम आइसोलेसन रहेकाहरुको स्वास्थ्य स्थितिको मुल्याङ्गन गर्न समयमै अस्पताल पुर्याउन मानसिक स्वास्थ्य प्रबद्र्धन तथा कोभिड १९ बाट हुने क्षति न्यूनीकरण गर्न मंगलबार देखि दार्चुलामा फोन स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले कार्यक्रमबारे जानकारी दिदै हालसम्म दार्चुलामा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको तथा मंगलबारसम्म ५३ जनाले कोरोना जितेर घर फर्किएको बताएका छन । यस्तै अहिले ३३५ जना कोरोना संक्रिय संक्रमित रहेका छन १५ जना मात्रै संस्थागत आइसोलसनमा रहेका छन् । जनस्वास्थ्य अधिकृत भट्टका अनुसार अझै पनि जिल्लामा २१५ जना होम आइसोलसनमा रहेका छन । हाल ९० प्रतिशत व्यतिmहरु होम आइसोलसनमा रहेका छन । ९० प्रतिशत होम आइसोलेसनमा रहेकाहरु अहिले अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गरेकाले उपचार गर्नमा समस्या भइरहेको भट्टको भनाई रहेको छ । स्वास्थ्यकर्मीहरुले अत्यधिक समस्या भएपछि मात्रै अस्पताल आउन भनेपछि कोरोना संक्रमितहरु अस्पताल पुग्ने भएकाले पनि उनीहरुलाई बचाउन गारो भइरहेको उनले बताए । दार्चुलामा ८ जना कोरोना संक्रमतिहरुको मुत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जनस्वास्थ्य अधिकृत जयराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिह बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया