Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०४:४८

कांग्रेश नेता नेता साउँदद्वारा शुक्लाफाँटा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

Wide Nepal News
शुक्रबार, जेठ ०७, २०७८
दार्चुला । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री एनपी साउँदले कंचनपुरको शुक्लाफाँटा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन । बिहिबार नेपाली कांग्रेस कंचनपुर क्षेत्र नम्बर २ को समन्वयमा क्षेत्रीय सभापती जयबहादुर बिष्टले केन्द्रिय सदस्य साउँदबाट सहयोग स्वरुप प्राप्त ३ थान अक्सिजन कन्सन्ट्रेटर, ८ थान अक्सिमिटर, सेनेटाइजर, मास्क लगायतका अति आबश्यक स्वास्थ्य सामग्री शुक्लाफाँटा नगरपालिकालाई हस्तान्तरण गरेका हुन। सभापती बिष्टले पछिल्लो समय कंचनपुरमा कोरोना संक्रमितको संख्या बढदै गएपछी ग्रामीण भेकमा अक्सिजन कन्सन्ट्रेटर लगायतको स्वास्थ्य सामग्रीको अभाव भएका बेला नेता साउदबाट प्राप्त सामग्रीले ठूलो राहत भएको बताए। प्राप्त स्वास्थ्य सामग्री ग्रहण गर्दै नगरप्रमुख दिलबहादुर ऐरले स्वास्थ्य सामग्री पठाइ सहयोग गरेकोमा नेता साँउलाई धन्यवाद ब्यक्त गरेका छन । उनले अक्सिजन सिलिन्डरको अभाव भएका बेला अक्सिजन कन्सन्ट्रेटर र अक्सिमिटर जस्ता सामग्री नगरले संचालन गरेको कोभिड अस्पतालमा रहेका संक्रमितको उपचारमा ठूलो मद्दत पुग्ने बताए । यसैगरि साउँदले सुदुरपश्चिम पत्रकार महासंघलाइ पनी १ थान अक्सिजन कन्सन्ट्रेटर , अक्समिटर, स्यानेटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्री पठाएको पनि वताए। नेता साउँदले यो बेलामा जिल्ला र क्षेत्रमा अक्सिजन नपाएर उपचारमा समस्या आइरहेको छ। तत्कालका लागि थोरै भएपनी आवश्यक सामग्री पठाएको बताउदै सबै सामाजिक संघसंस्था, तथा मनकारी ब्यक्तिहरुलाइ यस्तो बिपदको बेला सहयोगका लागि आग्रह समेत गरे। नेता साँउदमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि केहिदिन यता उनी होम आइसोलेसनमा रहेका छन ।

प्रतिक्रिया