Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:१३

अपिनाम्पा संरक्षण क्षेत्रले गर्‍यो दश महिनामा ९५ लाख बढि राजस्व सङ्कलन

Wide Nepal News
शुक्रबार, जेठ ०७, २०७८
दार्चुला । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले चालू आर्थिक वर्षको १० महिनामा ९५ लाख भन्दा बढि राजस्व संकलन गरेको जनाएको छ । संरक्षण क्षेत्र कार्यालयले आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म ९५ लाख ४ हजार २९४ रुपैँया राजस्व संकलन गरेको हो । संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार वन क्षेत्र, यार्सागुम्बा, दण्ड जरिवाना, पदयात्रा, पर्वतारोहण शुल्क र प्रशासनिक सेवा शुल्क लगायतका क्षेत्रबाट राजस्व संकलन गरिएको बताइएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनमा ८९ हजार १ सय ४० रुपैँया, भदौमा ३२ लाख ६६ हजार २ सय ४४ रुपैयाँ, असोजमा २९ लाख १२ हजार ४ सय ५० रुपैँया, कात्तिकमा ११ लाख ५३ हजार ७५ रुपैँया तथा मंसिरमा १२ लाख ४२ हजार ८ सय ४० रुपैँया राजस्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी सन्तबहादुर मगरले बताए । यस्तै आर्थिक वर्षको पुषमा ४ लाख ६३ हजार ८ सय ८० रुपैँया, माघमा २ लाख ५२ हजार १ सय ८० रुपैँया, फागुनमा ३१ हजार ४ सय ६० रुपैँया, चैत महिनामा ५१ हजार ५ सय २५ तथा बैशाखमा ४१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०६७/६८ सालमा स्थापना भएको कार्यालयले गत आर्थिक बर्ष ०७६/०७७ सम्मको असार मसान्त सम्ममा कुल १२ करोड ३४ लाख ३६ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष ०६७/६८ मा ५ लाख ६१ हजार ९ सय ८० रुपैयाँ राजस्व संकलन गरेको थियो । हाल उक्त राजस्वदर हरेक आर्थिक वर्षमा बृद्धि हुँदै गइरहेको छ । कार्यालयले आर्थिक वर्ष ०६८/०६९ मा ९५ लाख ३८ हजार ६ सय ८८ रुपैयाँ, आर्थिक बर्ष ०६९/०७० मा ७८ लाख २७ हजार ६ सय ९६ रुपैयाँ, आर्थिक बर्ष ०७०/०७१ मा १ करोड २ लाख ३३ हजार ७ सय ५९ रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी आर्थिक वर्ष ०७१(०७२ मा ८६ लाख ४७ हजार ४ सय ९९ रुपैयाँ, आर्थिक बर्ष २०७२/०७३ मा १ करोड ७३ लाख ४५ हजार ४८ रुपैयाँ, आर्थिक बर्ष ०७३(०७४ मा २ करोड ३ लाख ८९ हजार ५ सय ९१ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयको तथ्यांक छ । यस्तै गत आर्थिक बर्ष २०७४/०७५ मा २ करोड ४४ लाख १४ हजार ९६ रुपैया र चालू आर्थिक बर्ष २०७५(०७६ मा १ करोड १६ लाख ३३ हजार ३ सय १० रुपैयाँ राजश्व संकलन भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सुचना अधिकारी मगरले जानकारी दिएका छन । यस्तै गत आर्थिक वर्ष २०७६/०७७मा १ करोड ७० लाख ४ हजार ६ सय १५ रुपैँया राजस्व संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला जिल्ला अन्तरगत साविकका २१ गाविस तथा अहिलेको ब्यास, अपिहिमाल, नौगाड, मार्मा र दुहु गाउँपालिका र महाकाली नगरपालिकाका केहि वडा समेटिएको छ ।

प्रतिक्रिया