Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:१२

प्रधानमन्त्रीमा दावी पेश गर्न देउवा शीतलनिवासमा, माधव नेपाल पनि उपस्थित

Wide Nepal News
शुक्रबार, जेठ ०७, २०७८
दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादु देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्तुत गर्ने भएका छन्। शुक्रबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बसेको गठबन्धनको बैठकमा हस्ताक्षर संकलन गरेर उनीहरू शितल निवास गइसकेका छन्। देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदले हस्ताक्षर गरेका छन्। वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत माग्दा नेपाल समूहका २७ जना सांसद अनुपस्थित थिए। देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्तावमा जनता समाजवादी पार्टीको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहका १३ जनाले हस्ताक्षर गरेका छन्। यसैबिच नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

प्रतिक्रिया