Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०५

२ स्वास्थ्यकर्मी सहित शैल्यशिखरका थप २९ जनामा कोरोना संक्रमण पुष्टि

Wide Nepal News
शुक्रबार, जेठ ०७, २०७८
गोकुलेश्वर :  दार्चुलाको शैल्यशिखर नगरपालिकाका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत बैशाख ३१ गते नगरपालिकाका विभिन्न चार ठाँउबाट १८१ जनाको स्वाब संकलन गरि बैतडी प्रयोगशाला पठाइएको थियो । आज ८ दिनपछि १२९ जनाको पिसिआर रिपोर्ट आएको थियो । जसमध्ये २८ जनामा संक्रमण पुष्टि भएको र एन्टिजेन विधिबाट गोकुलेश्वर अस्पतालमा गरिएको परिक्षणमा थप एक जनामा सैक्रमण पुष्टि भएको गोकुलेश्वर प्राथमिक अस्पतालका प्रमुख डाक्टर नेयाज अन्सारीले वाइड नेपाल न्युजलाई जानकारी दिएका छन । यसैबिच दार्चुलामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुका अनुसार शैल्यशिखरमा नगरपालिकामा २९ जना, नौगाड गाउँपालिकामा २३ जना र जिल्ला अस्तपालमा दार्चुलामा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय २४ पुगेको छ । जसमध्ये १ सय ५० जना निको भएका छन् भने ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया