Wide Nepal News सोमबार १०, मङि्सर २०८१ ००:००

राष्ट्रिय आविष्कार केन्द्र र प्रदेश सरकारले पठाएका स्वास्थ्य उपकरण दार्चुला अस्पताललाई हस्तान्तरण

Wide Nepal News
शनिबार, जेठ ०८, २०७८
दार्चुला । डाक्टर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको आपूर्ति विभागबाट प्राप्त स्वास्थ्य सामाग्री जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्र र प्रदेशबाट प्राप्त स्वास्थ्य उपकरण दार्चुला कोभिड-१९ (नियन्त्रण) सहयोग तथा समन्वय मञ्चले जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरेको हो ।
आविष्कार केन्द्रले अक्सिजन दिनुपर्ने बिरामीलाई अत्यावश्यक अक्सिजन फ्लोमिटर ८ थान र प्रदेशस्थित आपूर्ति व्यवस्थापनले अक्सिजन फ्लोमिटर १० थान, भेन्टिलेटर प्लग १ थान, पल्स अक्सिमिटर ५ थान, पारासिटामोल १००० ट्याबलेट उपलब्ध गराएको थियो ।
ती स्वास्थ्य उपकरणहरु दार्चुला कोभिड-१९ (नियन्त्रण) सहयोग तथा समन्वय मञ्चको सहजीकरण र समन्वयमा बिहिबार काठमाडौं र शुक्रबार धनगढीबाट दार्चुला पठाईएको थियो ।
शनिबार (आज) मञ्चका सह सयोजक भुपेन्द्र बिष्ट बाट जिल्ला अस्पताल दार्चुलालाई स्वास्थ्य सामाग्र्री हस्तान्तरण गरिएको अधिवक्ता तथा दार्चुला कोभिड-१९ (नियन्त्रण) सहयोग तथा समन्वय मञ्चका संयोजक कृष्ण महराले जानकारी दिएका छन ।
दार्चुलामा अक्सिजन अभाव हुन नदिन र कुनैपनि दार्चुलाबासीले स्वास्थ्य उपकरण तथा सामाग्रीहरुको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले आवश्यक सहयोग तथा समन्वय गर्न दार्चुलाका युवाहरुद्वारा गठित दार्चुला कोभिड-१९ (नियन्त्रण) सहयोग तथा समन्वय मञ्च लागिपरेको संयोजक महराको भनाई छ ।
महामारीको कठिन समयमा पनि उक्त उपकरण तथा सामाग्री उपलब्ध गराउने र दार्चुला पठाउन सहजीकरण तथा समन्वय गर्ने सबैलाई जिल्ला अस्पताल दार्चुलाले धन्यबाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया