Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०९

प्रधानमन्त्री र राष्ट्रपतिका विरुद्द गोकुलेश्वरमा कांग्रेश र माओवादी केन्द्रको संयुक्त प्रदर्शन

Wide Nepal News
शनिबार, जेठ ०८, २०७८
दार्चुला । शनिबार राती प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक फेरि संसद विघटन गरेसंगै त्यसको विरोधमा यतिबेला देशका विभिन्न ठाँउमा आन्दोलनका कार्यक्रमहरु भइरहेका छन । यतिबेला प्रतिपक्षी दलसहित नागरिक अगुवाहरुले आन्दोलनका कार्यक्रम थालेका छन । यसैबिच प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै नेपाली कांग्रेश र नेकपा माओवादी केन्द्रकाे संयुक्त गठबन्धनले दार्चुलामा प्रदर्शन गरेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरमा दुइवटै पार्टिका नेता तथा कार्यकर्ताहरुले आज साँझ मशाल जुलूस निकाल्दै प्रधानमन्त्रीको गलत कदमका विरुद्द प्रदर्शन गरिएको नेपाल तरुण दलका शैल्यशिखर संयोजक सुरेश बिष्टले जानकारी दिएका छन । नेकपा माओवादी केन्द्र दार्चुलाका नेता भुवन भण्डारीले प्रधानमन्त्री र राष्ट्रपतिले फेरि एकपटक मुलूकलाई अस्थिरता तर्फ धकेल्न खोजेको आरोप लगाउदैं प्रधानमन्त्री ओलीको प्रतिगमनका विरुद्द केन्द्रमा जस्तै प्रदेश र जिल्लास्तरमा पनि माओवादी केन्द्र र नेपाली कांग्रेश डटेर सामना गर्ने बताएका छन । यसअघि गत बर्षको पुस ५ गते पहिलोपटक प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए भने त्यसको ३ महिना नबित्दै सर्वोच्चले प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक ठहर गर्दै संसद व्युताइदिएको थियो । फेरि दोस्रोपटक प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि देशैभर प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया