Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:११

दार्चुलामा नेपाली सेनाले गरे रक्तदान

सम्बाददाता सम्बाददाता
आइतबार, जेठ ०९, २०७८

दार्चुला :  जिल्ला अस्पताल दार्चुलामा शनिबार दुई जना नेपाली सेनाका जवानले रक्तदान गरेका छन। महाकाली नगरपालिका ७, कि एक महिलालाई बी पोजेटिभ रगत आवश्यकत्ता परेपछि सेनाका जवानले रक्तदान गरेका हुन् । सदरमुकाम खलंगास्थित गुरुगोरख गुल्ममा कार्यरत सेनाका जवान टोपराज जोशी र किरन रोकायाले महिलाको लागि रगत दिएका हुन् । कोरोना संक्रमणको कारण अस्पतालमा जानकोही मान्दैनन् । तत्काल रगतको आवश्यकत्ता पर्ने भएपछि नेपाल सेनाले आएर रक्तदान दिएको जिल्ला अस्पताल दार्चुलाका ल्याब असिस्टेन्ट दिपक विष्टले बताए । उनले भने, कोरोना जोखिमका बीच अस्पतालमा रगतको कमी भएपछि नेपाली सेनाका दुइ जवान आएर रगत दिएका हुन् ।

प्रतिक्रिया