Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०१

इलाका प्रहरी कार्यालय गोकुलेश्वरले राख्यो नगरपालिकामा गुनासो संकलन पेटिका

Wide Nepal News
आइतबार, जेठ ०९, २०७८
दार्चुला : इलाका प्रहरी कार्यालय गोकुलेश्वरले शैल्यशिखर नगरपालिकाको कार्यालयमा गुनासो तथा सुझाव संकलन पेटिका राखेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले प्रदेशका विभिन्न ठाँउमा गुनासो तथा सुझाव संकलन पेटिका राख्न निर्देशन गरेसंगै इलाका प्रहरी कार्यालय गोकुलेश्वरले पनि प्रहरी नगरपालिकाको कार्यालयमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका राखेको गोकुलेश्वरका प्रमुख तथा प्रहरी निरिक्षक अरुण बमले वाइड नेपाल न्युजलाई जानकारी दिएका छन । प्रहरी निरिक्षक बमले नागरिकहरुलाई उक्त गुनासो तथा सुझाव संकलन पेटिकामा प्रहरीसित सम्बन्धित समस्या तथा गुनासो भएमा लेखेर गुनासो पेटिकामा राख्न अनुरोध गरेका छन ।

प्रतिक्रिया