Wide Nepal News शनिबार २९, चैत २०८१ ००:०६

दार्चुलामा निषेधाज्ञा जेठ २० गतेसम्मका लागि थप

Wide Nepal News
आइतबार, जेठ ०९, २०७८
गोकुलेश्वर : दार्चुला जिल्लामा १० दिनका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको आइतबार (आज) बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन १० दिनका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको सिफारिस अनुसार वैशाख ३० गते प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जेठ १० गतेसम्मका लागि जारी गरेको निषेधाज्ञा आदेशको अवधि जेठ २० गते राती १२ बजेसम्मका लागि थप गर्ने निर्णय भएको प्रशासनले जनाएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन जेठ २० गतेसम्मका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन ।

प्रतिक्रिया