Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:५७

दार्चुलाका चार स्थानीय तहमा स्वास्थ्यकर्मीहरु स्थानीयको घरदैलोमा पुगि स्वास्थ्य सेवा दिदैं

Wide Nepal News
सोमबार, जेठ १०, २०७८
दार्चुला : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा जारी गरेपछि दार्चुलाका केहि स्थानीय तहका स्वास्थ्यकर्मीको टोलि स्वास्थ्य सेवा दिन गर्नका लागि स्थानीयको घरदैलोमा पुगिरहेका छन । आफ्नो क्षेत्रभित्र रहेका सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको छ । नौगाड गाउँपालिकाले स्वास्थ्य चौकी प्रमुखहरुको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको नौगाड गाउँपालिका स्वास्थ्य शाखा संयोजक तिलक प्रसाद चापागाइले जानकारी दिएका छन । गाउँपालिकाका ६ वटै वडाहरुमा स्वास्थ्यकर्मी खटाएर सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन यसलाई अभियानका रुपमा नै सञ्चालन गरिएको छ । गाउँमा बिरामी भएको खबरका आधारमा ल्याबसहितको टोली पुगेर ज्वारो आएको भए तत्काल आरडिटी जाँच गरेर कोरोना संक्रमण भएको हो वा होइन भन्ने निश्चित गरी सोही अनुसारको उपचार गर्दै आएको चापागाइले बताए । हालसम्म नौगाड गाउँपालिकामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि जिल्लाका केहि स्थानीय तहले स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन् । यहाँका नौवटा स्थानीय तह मध्ये आइतबारसम्म जिल्लाका ४ वटा गाउँपालिकाले पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकको घरैमा गएर कोरोना जाँच गर्न थालेका छन् । जिल्लाको अपि हिमाल, गाउँपालिका, दुहुँ गाउँपालिका ,नौगाड गाउँपालिका र मार्मा याँउपालिकाले घरघरमा गएर स्वास्थ्य परीक्षण गरिरहेका छन । चारवटै स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले घरघरमा गएर बिरामीको स्वास्थ्य परीक्षण गर्न थालेको बताइएको छ । जिल्लामा हाल सम्म २ जना महिला सहित ९ जनाको कोरोना कारण मुत्यु भएको छ । पछिल्लो समय कोरोना भाइरस समुदायस्तरमै फैलिन थालेपछि यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा गाउँगाउँमा स्वास्थ्यकर्मी गएर सङ्क्रमितको खोजी गर्न थालिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना सङ्क्रमितको खोजीसँगै यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीले आ–आफ्ना पालिका तथा वडामा स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन थालेका छन् । समुदायमा कोरोना सङ्क्रमणको अवस्था र जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कोरोना परीक्षण, स्वास्थ्य सामग्री र औषधि वितरणजस्ता कार्यक्रमलाई अगाडि बढाएको स्वास्थ्यकर्मीहरुले बताएका छन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमणले महामारीको रूप लिने अवस्था सिर्जना भएपछि यहाँका स्थानीय तहले गाउँमै आफ्ना स्वाथ्यकर्मी परिचालन गरी सबैको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्ने कार्यलाई तीव्रता दिन थालिएको अपि हिमाल गाउँपालिकाले जनाएको छ । पछिल्लो समय यहाँका स्थानीय तहले परिचालन गरेका स्वास्थ्यकर्मीले भारतबाट रोजगारी गरी गाउँ आएर सङ्क्रमित भएकाको ट्राभल हिस्ट्रीसमेत खोजी गर्न थालेका छन् । गाउँघरमा स्वास्थ्य समस्या देखिएका बिरामी र भारतलगायतका अन्य मुलुकबाट आएका जोकोही व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । गाउँमा परिचालन भएका स्वास्थ्यकर्मीले तत्काल बिरामी भइहाले आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री, मास्क र स्यानिटाइजरसमेत घरघरमा पुगेर वितरण गर्न थालेको दुहुँ गाउँपालिकाले जनाएको छ । दार्चुलाको मार्मा गाउँपालिकाले पनि स्वास्थ्यकर्मीहरुलाई गाउँघरमै परिचालन गरेर बिरामीको उपचार र कोरोना संक्रमितको खोजि गर्न थालेको छ । मार्माका छ वटै वडामा केस इन्भेष्टिकेसन एण्ड कन्टेक्ट आइडेन्टिफिकेसन (सिआइसिआई) समुह निर्माण गरेर वडा स्तरिय केस अनुसन्धान तथा केस पहिचान गर्ने काम भइरहेको जनस्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिएका छन । गाउँमै पुगेर कोरोना संक्रमितको पहिचान, उपचार र परामर्श सेवा शुरु भएपछि स्थानीयहरुले राहात महसुस गरेको उले बताए । दार्चुलाको अपिहिमाल, दुहुँ र नौगाड गाउँपालिकाले समेत स्वास्थ्यकर्मीहरुलाई गाउँघरमै पठाएर संक्रमितको पहिचान, बिरामीको उपचार र स्थानीयलाई स्वास्थ्य परामर्श सेवा दिइरहेका छन् । जिल्लाभरी कोरोना महामारीले सन्त्रास फैलिएको बेला गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँघरमा कोभिडको जस्तै लक्षणसहित बिरामी बढेपछि बिरामीको उपचारमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताइएको छ । कोरोना संक्रमणको डरले उपचारका लागि स्वास्थ्य संस्था जान नसकेकालाई घरमै स्वास्थ्य उपचार र परामर्श सेवा सुरु गरिएको र संक्रमितलाई समेत मनोपरामर्श तथा उपचार सेवा प्रवाह भइरहेको अपिहिमाल गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया