Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:१०

दार्चुलामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

Wide Nepal News
मङ्गलबार, जेठ ११, २०७८
गोकुलेश्वर : दार्चुलामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाबाट बिरामी बोकेर दार्चुला जादै गरेको एम्बुलेन्स लटिनाथ नमुना माबि रिठाचौपाता नजिककै सडकमा दुर्घटना भएको छ । एम्बुलेन्समा एकजना बिरामी सहित सवार चार जना यात्रु र ड्राइभर सकुसल रहेको रिठाचोपताबाट पत्रकार नरेन्द्र जोशीले जानकारी दिएका छन । लेकम गाउँपालिकाको सु.प.प्र ०२००१ च ८५० नम्बरको उक्त एम्बुलेन्समा भने सामान्य भौतिक क्षती भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ । एम्बुलेन्स दुर्घटना हुनुको कारणबारे सोधपुछ भइरहेको छ ।

प्रतिक्रिया