Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०३

दार्चुलामा कोरोना संक्रमण जित्नेको संख्यामा वृद्धि

Wide Nepal News
बिहिबार, जेठ १३, २०७८
गोकुलेश्वर : केहिदिन यता दार्चुला जिल्लामा कोरोना जितेर निको हुनेदर ह्वात्तै बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार बुधबारसम्म जिल्लाभरी ६०४ जना कोरोना संक्रमित देखिएकोमा ४ सय २ जनाले कोरोना जितेका छन् । अहिलेको अवस्थामा कोरोना जितेर घर फर्किनेको संख्या बढेको छ, स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले भने, अब अस्पताल तथा होम आइसोलेसनमा गरी २०२ जना मात्रै निको हुन बाकी छ । जिल्लामा कोरोना संक्रमित होम आइसोलेसनमै बसेका भए पनि अहिले निको हुनेको संख्या बढेको छ । यस्तै बुधबार दार्चुलाको नौगाड गाउँपालिकामा ४ जना, दुहुँमा ३ जना र मार्मा गाउँपालिकामा २ जनामा गरी ९ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म कोरोनाका कारण जिल्लामा १० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया