Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:५५

विद्यार्थी नेता बिष्टद्वारा ॐ शान्ति वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग

Wide Nepal News
शुक्रबार, जेठ १४, २०७८
गोकुलेश्वर : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीका विद्यार्थी नेता एवं युवा व्यवसायी नवराज बिष्टले वृद्धाश्रमलाई राहतस्वरुप खाद्यान्न सामग्री सहयोग गरेका छन । विद्यार्थी नेता बिष्टले दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरस्थित ॐ शान्ति वृद्धाश्रमलाई शुक्रबार (आज) बिहान राहतस्वरुप खाद्यान्न सामग्री सहयोग गरेका हुन । दार्चुलाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वर घर भएका नेता एवं युवा व्यवसायी बिष्टले वृद्धाश्रममा बस्ने वृद्धवृद्धाहरुलाई कोरोना भाइरसको संक्रमण बढेसंगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण आश्रममा खाद्यान्न अभाव नहोस भनेर राहतस्वरुप खाद्यान्न सामग्री सहयोग गरिएको बताएका छन । उनले ॐ शान्ति वृद्धाश्रमका संचालक उत्तम बहादुर साँउदलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन । यस्तो महामारीको समयमा आश्रमलाई सहयोग गरेकोमा वृद्धाश्रमका संचालक साँउदले उनलाई धन्यवाद व्यक्त गरेका छन । उनले आज वृद्धाश्रमलाई चामल, दाल, नुन, तेल, फलफूल लगायतका सामग्री सहयोग गरिएको बताएका छन ।

प्रतिक्रिया