Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०४

गोकुलेश्वरस्थित बैंकहरुलाई हप्तामा २ दिन मात्रै सेवा प्रवाह गर्न नगरपालिकाको निर्देशन

Wide Nepal News
शुक्रबार, जेठ १४, २०७८
दार्चुला : जिल्लाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरमा संचालनमा रहेका बैंक तथा वित्तिय संस्थाहरु आइतबार देखि हप्तामा दुइदिन मात्रै सेवा प्रवाह गर्न पाउने भएका छन । दार्चुला जिल्लाभरी कोभिड-१९ को संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरेसंगै गोकुलेश्वरस्थित बैंक तथा वित्तिय संस्थाहरु बैसाख ३१ गतेको जिल्ला प्रशासन कार्यालय दार्चुलाको निर्देशन अनुसार शनिबार बाहेक हरेक दिनमा २ घण्टाका लागि सेवा प्रवाह गर्दै आइरहेका थिए । बैंक तथा वित्तिय संस्थाहरुले दैनिक २ घण्टाका लागि सेवा प्रवाह गर्दा समेत निषेधाज्ञाको समयमा बजारमा भिडभाड बढेको भन्दै शैल्यशिखर नगरपालिकाले एक पत्र जारी गर्दै बैंक तथा वित्तिय संस्थाहरुलाई बार अनुसार सेवा प्रवाह गर्न बैंकका कर्मचारीहरुलाई आग्रह गरेको छ । नगरपालिकाका अनुसार गोकुलेश्वरमा रहेको मेघा बैंकले अबदेखि आइतबार र बुधबार मात्रै सेवा प्रवाह गर्ने भएको छ । यस्तै गोकुलेश्वरस्थित ग्लोबल आइएमई बैंकले सोमबार र बिहिबार मात्रै सेवा प्रवाह गर्न पाउने भएको छ भने महालक्ष्मी विकास बैंक मंगलबार र शुक्रबार मात्रै खुल्ने भएको छ । यस्तै निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले अबदेखि आइतबार र बुधबार मात्रै सेवा दिन पाउने भएको छ ।

प्रतिक्रिया