Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:५८

सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल विस्तार, दार्चुलाका धामी बने पर्यटन मन्त्री

Wide Nepal News
शुक्रबार, जेठ १४, २०७८
दार्चुला । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार (आज) प्रदेशको मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् । पुर्नगठनसँगै दार्चुला प्रदेश सभा 'ख' बाट निर्वाचित सांसद मानबहादुर धामीले उद्योग, वन,पर्यटन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन । यस्तै प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी चयन भएका छन् । त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री बनाएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गराएका हुन्।

प्रतिक्रिया