Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०४:१२

महाकाली नगरपालिकाले दार्चुला अस्पताललाई ५ लाख अनुदान दिने

Wide Nepal News
आइतबार, जेठ १६, २०७८
दार्चुला । महाकाली नगरपालिकाले जिल्ला अस्पताल दार्चुलालाई ५ लाख रुपैयाँ अनुदान दिने भएको छ । कोरोना संक्रमण बढिरहेका बेला अस्पतालमा हुने अक्सिजन अभावलाई लक्षित गर्दै त्यसको व्यवस्थापनका लागि ५ लाख अनुदान दिने भएको हो । शनिवार बसेको नगरकार्यपालिकाको बैठकले जिल्ला अस्पताल दार्चुलामा अक्सिजन व्यवस्थापनका लागि अनुदान दिने निर्णय गरेको नगरप्रवक्ता पुस्कर राज जोशीले जानकारी दिए । यस्तै बैठकले नगरबासीलाई तत्काल खोप लगाउन नेपाल सरकारलाई अनुरोध गर्ने तथा सरकारले उपलब्ध गराउन नसके नगरपालिकालाई खरीदको लागि अनुमति दिन माग गरिएको छ । महाकाली नगरपालिकाको कूल जनसंख्या २४ हजार ४ सय ८४ रहेको छ । जसमा १८ वर्षमुनिका ७ हजार ३ सय १३, १८ वर्षदेखि ५५ वर्षसम्मका १३ हजार ९ सय ७९ र ५५ वर्षमाथिको जनसंख्या ३ हजार १ सय ९२ रहेको छ । जसमध्ये २ हजार २० जनाले खोप पाइसकेका छन् । खोप लगाउन बाँकी १५ हजार १ सय ५१ को लागि खोपको व्यवस्था पर्न माग गरेको हो । विकासे खर्च काटेर पनि नगरवासीको ज्यान जोगाउन नगरपालिका अग्रसर रहेको जनाएको छ ।

प्रतिक्रिया