Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:१०

प्रमुख जिल्ला अधिकारी जोशीद्वारा गोकुलेश्वर बजार सहित आइसोलेसन केन्द्र अनुगमन

Wide Nepal News
आइतबार, जेठ १६, २०७८
दार्चुला : प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशी नेतृत्वको टोलीले शैल्यशिखर नगरपालिका ९, मा अवस्थित गोकुलेश्वर बजार सहित शैल्यशिखर नगरपालिकाले निमार्ण गरेको आइसोलेसन सेन्टरको अनुगमन गरेका छन । अनुगमनका क्रममा आइतबार (आज) बिहान गोकुलेश्वर पुगेका प्रमुख जिल्ला अधिकारी जाशीले गोकुलेश्वरमा निषेधाज्ञाको पालना सन्तोषजनक रहेको र नगरपालिकाले निमार्ण गरेको आइसोलेसनमा अहिले संक्रमितहरु नभएपनि व्यवस्थित रहेको प्रतिक्रिया दिएका छन । 'वाइड नेपाल न्युज' संगको साक्षात्कारमा प्रमुख जिल्ला अधिकारी जाेशीले दार्चुला जिल्लामा एक महिनादेखि जारी गरिएको निषेधाज्ञाको समयावधि यहिं जेठ २० गते सम्म रहेको बताउदैं मंगलबार जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठक बोलाइएको र सोहि दिन निषेधाज्ञा लम्ब्याउने अथवा यसको मोड्यालिटी परिवर्तन गर्ने भन्ने बारे छलफल गरि निर्णय लिइने बताएका छन । सदरमुकाम खलंगाबाट गोकुलेश्वर बजारको अनुगमनमा निस्किएको प्रमुख जल्ला अधिकारी जोशी नेतृत्वको टोलिमा दार्चुलाका सशस्त्र प्रहरी बल प्रमुख एसएसपी नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया