Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:००

दार्चुलामा प्रभावकारी बन्दै फोन स्वास्थ्य सेवा

Wide Nepal News
सोमबार, जेठ १७, २०७८
दार्चुला । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले संचालनमा ल्याएको फोन स्वास्थ्य सेवा प्रभावकारी देखिएको छ । कोभिड-१९ को संक्रमणका कारण होम आसोलेसनमा बसिरहेका सक्रिय संक्रमितको स्वास्थ्य स्थितिबारे मूल्यांकन गर्न, समयमै अस्पताल पुर्याउन, तथा उनीहरुको मानशिक स्वास्थ्य बारे आवस्यक परामर्श दिने उद्देश्यले संचालनमा ल्याइएको फोन स्वास्थ्य सेवा प्रभावकारी देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्न यहि जेठ ४ गतेबाट फोन स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा सुचारु भए पछि पनि संक्रमितलाई परामर्श लिन सहज भएको छ । औषधि खाने, सावधानी अपनाउँदै गएपछि यो सहज भएको छ । अहिले कोरोना संक्रमितहरुलाई दैनिक रुपमा स्वास्थ्यकर्मीहरुले फोन गरि स्वास्थ्य अवस्थाबारे काम भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यो कार्यक्रमका लागि स्वास्थ्य कार्यालय दार्चुलाले पाँच जना स्वास्थ्यकर्मीहरु परिचालन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टका अनुसार पछिल्लो समय अस्पतालमा कोरोना संक्रमण भएपछि उपचार गर्न आउनेको संख्या निकै घटेको छ । गाउँमा भएका बिरामी कोरोना देखिने डरले कोराना जाँच नगर्ने र गम्भिर भएपछि मात्र अस्पताल आउने गरेकोमा अहिले त्यो संख्या घट्दै गएको हो । उनले कोरोना न्यूनिरकणका लागि दार्चुलाका प्रत्येक पालिकामा रहेका कोरोना संक्रमितको घरमा स्वास्थ्यकर्मी टोली गएर परामर्श सेवा दिन थालेपछि यो संख्या घट्दै गएको तथा स्वास्थ्यकर्मीले परामर्श सेवासँगै औषधी समेत वितरण गर्ने गरेको बताएका छन । होम आइसोलेनमा रहेकाहरुमा चिन्ता हुने, मानसिक असन्तुलन रहने, राती निन्द्रा नपर्ने जस्ता समस्याहरु हुने भएकाले फोन स्वास्थ्य सेवाले विरामीहरुलाई मनोपरामर्श दिइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ । विरामीको स्वास्थ्य अवस्था दैनिक रुपमा मुल्याङ्कन गर्नका लागि एक सय अंकको फाराम बनाइएको उनको भनाई छ । कोरोना संक्रमित ब्यक्तिको अवस्थाबारे स्वास्थ्यकर्मीले पोषण, निन्द्रा, कसरत, मानसिक स्वास्थ्य, आइसोलेसनको अवस्था, जटिलता ब्यवस्थापनको तयारी लगायतका विषयमा फोन मार्फत सर्बेक्षण भइरहेको बताइएको छ । दैनिक सर्बेक्षणका आधारमा अंक घट्दै गएमा त्यस्ता संक्रमितहरुलाई आवश्यक निगरानी गर्न तथा स्वास्थ्य अवस्था खराब भइरहेको भए अस्पताल जान भनिने छ । अङ्क घट्दै गएका विरामीमा जोखिम छ भन्ने विषयमा नजिकका स्वास्थ्यकर्मी, वडाकार्यालय आदिमा सम्पर्क गरि विरामीको अवस्थाबारे बुझ्न लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ । स्वास्थ्यकर्मीहरुले फोन स्वास्थ्य सेवा मार्फत विरामीहरुको दैनिक स्वास्थ्य अवस्था बुझेमा विरामीहरुमा पनि मनोबल बढी सकरात्मक प्रभाव पार्ने उनको भनाई छ ।

प्रतिक्रिया