Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:१२

दार्चुलामा स्वास्थ्य सामग्री जुटाउन अमेरिकाबाट भट्टले २२ सय अमेरिकी डलर संकलन गरि नेपाल पठाए

Wide Nepal News
बिहिबार, जेठ २०, २०७८
दार्चुला : कोभिड-१९ को संक्रमणले दार्चुला सहित देशैभरका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्रीको अभाव भइरहेका समाचार संचारमाध्यममा प्रकाशन तथा प्रशारण भएसंगै देश तथा विदेशबाट सहयोगीहरुले स्वास्थ्य सामग्री तथा आर्थिक सहयोग पठाउन थालेका छन । यसैबिच दार्चुलाको गोकुलेश्वर अस्पताल सहित केहि स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री अभावमा स्वास्थ्यकर्मीहरुले सास्ती खेप्दै काम गर्नुपरेको खबर बाहिरिएपछि सोहि कुरालाई मध्यनजर गर्दै यसैबिच दार्चुलाको शैल्यशिखर नगरपालिका ३, लुइटा घर भइ हाल संयुक्त राज्य अमेरीकाको टेक्सासमा बस्दै आएका गोकुलेश्वर बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक जीवानन्द भट्टले स्वास्थ्य सामग्री जुटाउन अमेरिकामा सहयोग संकलन गरि नेपाल पठाएका छन । भट्टले आफूले ३०० अमेरीकी डलर सहयोग गरी उक्त अभियानको सुरुवात गरेका थिए । उनको नेतृत्वमा कुल २ हजार १ सय ७९ अमेरीकी डलर संकलन भएको हो । दार्चुलामा अस्पतालको दर्दनाक अवस्था, विरामीले भोग्नुपरेको पीडा लगायत भौतिक, आर्थिक अभावका बिच समेत अंग्रपंक्तिमा जोखिम मोलेर खटिरहने स्वास्थ्यकर्मीको अवस्थालाई मध्यनजर गर्दै जिल्लाका स्वास्थ्य संस्थाहरुमा सामग्री खरिदका लागि आर्थिक संकलन गरेर नेपाल पठाइएको अमेरिकाबाट भट्टले बताएका छन । गोकुलेश्वर बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक समेत रहेका भट्टले अघि सारेको यस अभियानमा उनी सहित १४ जनाले आर्थिक सहयोग गरी अमेरीकी डलर २ हजार १ सय ७९ तथा नेपाली रुपैयाँ २ लाख ४९ हजार ४९ तथा कोरियाबाट ५ हजार गरि कुल २ लाख ५४ हजार ४९ रूपैयाँ संकलन भएको छ । सुदूरपश्चिमको दार्चुला, बैतडी, कंचनपुर, डोटी तथा कैलाली जन्मथलो भएका र हाल अमेरीकामा बसोबार गर्ने १४ जना बाट संकलन भएको रकमले दार्चुलाको गोकुलेश्वर अस्पताल, देथला स्वास्थ्य चौकी, रिठाचौपाता स्वास्थ्य चौकी र दार्चुला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिने जनाएको छ । अभियन्ता भट्टका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग गर्नेमा शैल्यशिखर नगरपालिकाको लुइटा घर भई हाल अमेरीका बस्दै आएका लोकेन्द्र चन्दले ५०० अमेरिकी डलर सहयोग गरेका छन भने दार्चुला लेकम गाउँपालिका, रिठाचौपाता घर भई हाल अमेरीकाको टेक्सासमा बस्दै आएका महेश विष्टले २११ डलर सहयोग गरेका छन । यसैबिच बैतडीको डिलासैनी गाउँपालिकाको कोइराली घर भई हाल अमेरीका बस्दै आएका हेम भट्टले २०० अमेरीकी डलर, शैल्यशिखर नगरपालिका, नायल घर भई हाल अमेरीकाको टेक्ससमा बस्दै आउनुभएका अम्बादत्त विष्टले पनि २०० डलर तथा दार्चुलाको शैल्यशिखर नगरपालिका घर भई अमेरीकामा बसोबास गर्ने हरिशचन्द्र हमालले शहिद रामचन्द्र हमाल प्रतिष्ठान, दार्चुला मार्फत अमेरीकी डलर १११ सहयोग गरेका छन । यस्तै टीकापुर कैलाली घर भई अमेरीका बस्दै आएका शमशेर साँउदले ११० डलर, बेल्डाँडी, कञ्चनपुर घर भई हाल टेक्ससमा बस्दै आएका लक्ष्मण जोशीले १०१ डलर, अमेरीकामा बस्दै आएका गड्डाचौकी, कञ्चनपुरका अनिल प्रसाद विष्टले १०१ डलर र शैल्यशिखर नगरपालिका, बोहरीगाउँ घर भई टेक्ससमै बस्दै आएका पल्लभ जोशीले १०० डलर सहयोग गरेका छन । यस्तै शैल्यशिखर नगरपालिका, लुइटा दार्चुलारडोटी घर भई हाल टेक्सस बस्दै आएका रेखा चन्द शाहले १०० डलर, अमेरीकाबाट हशनपुर, कैलालीका रोशन भट्टले १०० डलर, तथा मालिकार्जुन गाउँपालिका घर भई अमेरीका बस्दै आएका खीम धामीले ३५ डलर तथा बैतडी घर भई टेक्सस बस्दै आउनुभएका गुन्जन भण्डारीले १० डलर उक्त अभियानमा सहयोग गरेको अमेरिकाबाट भट्टले बताए । यस्तै हाल दक्षिण कोरियामा रहेका दार्चुलाको लेकम गाउँपालिका१, सर्मोलीका प्रेम विष्टले नेपाली रूपैैैया ५ हजार सहयोग गरेका छन । संकलन गरिएको उक्त रकम अमेरिकाबाट अभियान्ता तथा नेतृत्वकर्ता भट्टले सञ्चारकर्मी रामदत्त मिश्रलाई प्राप्त हुने गरि नेपाल पठाएका छन । गोकुलेश्वर अस्पतल सहित दार्चुलाका केहि स्वास्थ्य संस्थामा प्रयाप्त मात्रामा स्वास्थ्य सामग्री अभाव रहेको बारे केहिदिन अघि 'वाइड नेपाल न्युज 'कर्मी जिज्ञाशु खत्रीले अमेरिकामा बसोबास गर्दै आएका भट्टलाई अवगत गराएका थिए । सोहि अनुसार स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा उपलब्ध हुने गरि प्रति मिनेट ७ लिटर अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सन्ट्रेटरल १ थान, स्टेचर ५ थान, अक्सिजन फ्लो मिटर ५ थान, सर्जिकल ग्लोब्स १०० थान, सर्जिकल मास्क ४ हजार थान, न्यूट्रेसन फुड १५ किलोग्राम, पुनः प्रयोग गर्न मिल्ने पीपीइ सेट ३५ थान, फेस सिल्ड ६० थान तथा केएन ९५ मास्क ३०० थान रहने छ । यस्तै बीपी सेट ५ थान, डस्टवीनमा प्रयोग हुने प्लाष्टिक ५ किलोग्राम, पल्स अक्सिमिटर ५ थान, थर्ममिटर ३ थान, स्यानिटाइजर २५ लिटर, डिस्पोजेबल ग्लोब्स ६०० थान, पानी २०० बोतल र टेबल फ्यान २थान गरि उल्लेखित स्वास्थ्य सामग्री काठमाडौंमा खरिद प्रक्रियामा रहेको संचारकर्मी मिश्रले बताएका छन । न्यूनतम मूल्यमा बजार दरमा स्वास्थ्य सामग्री खरिद गर्नरगराउन र अस्पताललाई हस्तान्तरण गर्ने जिनम्मेवारी सञ्चारकर्मी रामदत्त मिश्र र 'वाइड नेपाल न्युज'कर्मी जिज्ञाशु खत्रीले लिएका छन । थप सहजिकरण ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–८ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका–३ घर भएका अघिबक्ता किरण भट्टले गरिरहेका छन । उक्त रकम बराबरको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा रहेकोले केहि दिनमै उक्त स्वास्थ्य संस्थाहरुलाई सञ्चारकर्मीद्वय मिश्र र खत्रीले हस्तान्तरण गर्ने जनाइउको छ ।

प्रतिक्रिया