Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०९

अमेरिकाबाट पूर्व प्राध्यापक भट्टको पहलमा पठाइएको स्वास्थ्य सामग्री दार्चुलाका स्वास्थ्य संस्थालाई हस्तान्तरण

Wide Nepal News
बिहिबार, जेठ २७, २०७८
गोकुलेश्वर : संयुक्त राज्य अमेरिकाको टेक्सासमा बस्दै आएका गोकुलेश्वर बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक जीवानन्द भट्टको पहलमा दार्चुलाका केहि स्वास्थ्य संस्थामा अत्यावस्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बिहिबार (आज) दार्चुलाको शैल्यशिखर नगरपालिका ९, मा रहेको गोकुलेश्वर प्राथमिक अस्पताल, देथला स्वास्थ्य चौकी र रातामाटा स्वास्थ्य चौकीलाई अत्यावस्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । दार्चुलाको शैल्यशिखर नगरपालिका ३, लुइटा घर भइ हाल अमेरिकामा बस्दै आएका पूर्व प्राध्यापक भट्टले एकसाता अघि आफूसहित त्यहाँ बसोबास गर्दै आएका साथीभाइ एवं आफन्तहरुबाट २२ सय अमेरिकी डलर (२ लाख ५४ हजार ४९ रुपैयाँ) आर्थिक सहयोग संकलन गरि स्वास्थ्य सामग्री उपलब्ध गराउन नेपाल पठाएका थिए । उनका अनुसार सहयोग गर्नेमा शैल्यशिखर नगरपालिकाको लुइटा घर भई हाल अमेरीका बस्दै आएका लोकेन्द्र चन्दले ५०० अमेरिकी डलर सहयोग गरेका छन भने दार्चुला लेकम गाउँपालिका, रिठाचौपाता घर भई हाल अमेरीकाको टेक्सासमा बस्दै आएका महेश विष्टले २११ डलर सहयोग गरेका छन । यसैबिच बैतडीको डिलासैनी गाउँपालिकाको कोइराली घर भई हाल अमेरीका बस्दै आएका हेम भट्टले २०० अमेरीकी डलर, शैल्यशिखर नगरपालिका, नायल घर भई हाल अमेरीकाको टेक्ससमा बस्दै आउनुभएका अम्बादत्त विष्टले पनि २०० डलर तथा दार्चुलाको शैल्यशिखर नगरपालिका घर भई अमेरीकामा बसोबास गर्ने हरिशचन्द्र हमालले शहिद रामचन्द्र हमाल प्रतिष्ठान, दार्चुला मार्फत अमेरीकी डलर १११ सहयोग गरेका छन । यस्तै टीकापुर कैलाली घर भई अमेरीका बस्दै आएका शमशेर साँउदले ११० डलर, बेल्डाँडी, कञ्चनपुर घर भई हाल टेक्ससमा बस्दै आएका लक्ष्मण जोशीले १०१ डलर, अमेरीकामा बस्दै आएका गड्डाचौकी, कञ्चनपुरका अनिल प्रसाद विष्टले १०१ डलर र शैल्यशिखर नगरपालिका, बोहरीगाउँ घर भई टेक्ससमै बस्दै आएका पल्लभ जोशीले १०० डलर सहयोग गरेका छन । यस्तै शैल्यशिखर नगरपालिका, लुइटा दार्चुला (डोटी) घर भई हाल टेक्सस बस्दै आएका रेखा चन्द शाहले १०० डलर, अमेरीकाबाट हशनपुर, कैलालीका रोशन भट्टले १०० डलर, तथा मालिकार्जुन गाउँपालिका घर भई अमेरीका बस्दै आएका खीम धामीले ३५ डलर तथा बैतडी घर भई टेक्सस बस्दै आएका गुन्जन भण्डारीले १० डलर उक्त अभियानमा सहयोग गरेको अमेरिकाबाट भट्टले बताए । यस्तै हाल दक्षिण कोरियामा रहेका दार्चुलाको लेकम गाउँपालिका१, सर्मोलीका प्रेम विष्टले नेपाली रूपैैैया ५ हजार सहयोग गरेका छन । संकलन गरिएको उक्त रकम अमेरिकाबाट अभियान्ता तथा नेतृत्वकर्ता भट्टले दार्चुला घर भइ हाल काठमाडौमा बस्दै आएका सञ्चारकर्मी रामदत्त मिश्रलाई प्राप्त हुने गरि नेपाल पठाएका थिए । गोकुलेश्वर अस्पतल सहित दार्चुलाका केहि स्वास्थ्य संस्थामा प्रयाप्त मात्रामा स्वास्थ्य सामग्री अभाव रहेको बारे २ साता अघि ‘वाइड नेपाल न्युज‘कर्मी जिज्ञाशु खत्रीले अमेरिकामा बसोबास गर्दै आएका भट्टलाई अवगत गराएका थिए । सोहि अनुसार स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा उपलब्ध हुने गरि प्रति मिनेट ७ लिटर अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सन्ट्रेटरल १ थान, स्टेचर ५ थान, अक्सिजन फ्लो मिटर ५ थान, सर्जिकल ग्लोब्स १०० थान, सर्जिकल मास्क ४ हजार थान, पुनः प्रयोग गर्न मिल्ने पीपीइ सेट ३५ थान, फेस सिल्ड ६० थान तथा केएन ९५ मास्क ३०० थान रहने छ । यस्तै बीपी सेट ५ थान, डस्टवीन, डस्टवीनमा प्रयोग हुने प्लाष्टिक १ किलोग्राम, पल्स अक्सिमिटर ५ थान, थर्ममिटर ५ थान, स्यानिटाइजर २५ लिटर, डिस्पोजेबल ग्लोब्स ६०० थान, पानी २०० बोतल र टेबल फ्यान ७ थान सहित अन्य थप सामग्री दार्चुलाका ३ वटै स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री काठमाडौंबाट खरिद गरि आज हस्तान्तरण गरिएको पत्रकार रामदत्त मिश्रले बताएका छन । उक्त स्वास्थ्य सामग्री गोकुलेश्वर प्राथमिक अस्पतालका प्रमुख डा. नेयाज अन्सारी, देथला स्वास्थ्य चौकीका प्रमुख लोकेन्द्र बहादुर चन्दलाई आजै हस्तान्तरण गरिएको तथा रातामाटा स्वास्थ्य चौकीमा बिहिबारसम्म उपलब्ध हुने सम्पर्क व्यक्तिलाई हस्तान्तरण गरि ३ वटै स्वास्थ्य संस्थाहरुलाई सञ्चारकर्मीद्वय मिश्र र खत्रीले संयुक्त रुपमा हस्तान्तरण गरेको बताइएको छ ।

प्रतिक्रिया