Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०४

शुदूरपश्चिमका पर्यटन मन्त्री धामीको पहलमा गोकुलेश्वर अस्पतालाई स्वास्थ्य सामग्री सहयोग

Wide Nepal News
शुक्रबार, जेठ २८, २०७८
दार्चुला । सुदूरपश्चिम प्रदेशका उद्योग, बन, वातावरण तथा पर्यटन मन्त्री मान बहादुर धामी (सन्तोष) ले जिल्लाको गोकुलेश्वर प्राथमिक अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री पठाएका छन । दार्चुलाको निवार्चन क्षेत्र नम्बर 'ख' बाट प्रदेश सभा सदस्यमा निवार्चित मन्त्री धामीले आफू मन्त्री भएपछि गोकुलेश्वर प्राथमिक अस्पतालका लागि स्वास्थ्य सामग्री पठाएका हुन । उनले ५ थान अक्सिजन सिलिन्डर सहित एन्टिजेन किट, एन ९५ मास्क, सर्जिकल मास्क, औषधी, २ थान मेडिसिन किट, ५ थान रेगुलेटर तथा थर्मोमिटर लागायतका स्वास्थ्य सामग्री गोकुलेश्वर प्राथमिक अस्पतालका प्रमुख डाक्टर नेयाज अन्सारीलाई बिहिबार (हिजो) हस्तान्तरण गरिएको नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र दार्चुलाका नेता अशोकसिंह धामीले बताएका छन । मन्त्री धामीले पठाएका उक्त स्वास्थ्य सामग्री उनका स्वकिय सचिव प्रेमसिंह धामी तथा नेता धामीद्दारा संयुक्त रुपमा अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ ।

प्रतिक्रिया