Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०९

दार्चुलाका अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीलाई सास्ति

Wide Nepal News
शनिबार, जेठ २९, २०७८
दार्चुला । जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर प्राथमिक अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीले सास्ति भोग्नुपरेको खबर बाहिरिएका छन । जिल्ला अस्पताल खलंगा र जिल्लाको शैल्यशिखर नगरपालिका, ९ मा रहेको गोकुलेश्वर अस्पतालको समेत ओपीडी सेवा बन्द हुँदा बिरामीहरुले सास्ति खेप्नुपरेको हो। दुबै अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भइरहेको जनाउँदै आकस्मिक र प्रसूतिबाहेकका उपचार सेवा बन्द गरिएको थियो। जिल्ला अस्पतालको ओपीडी सेवा जेठ पहिलो सातादेखि र गोकुलेश्वर अस्पतालको ओपीडी सेवा गत वैशाख अन्तिम सातादेखि बन्द गरिएको बताइएको छ।

प्रतिक्रिया