Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०४:५१

गोकुलेश्वर अस्पतालबाट २ जना पक्राउ

Wide Nepal News
आइतबार, जेठ ३०, २०७८
दार्चुला  : जिल्लाको शैल्यशिखर नगरपालिका ९, मा रहेको गोकुलेश्वर प्राथमिक अस्पतालबाट प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । गएराति शैल्यशिखर नगरपालिका १, कि २७ वर्षीया गर्भवती महिला सुत्केरी हुने क्रममा नवजात शिशुको अस्पतालको लापरबाहिले ज्यान गएको भन्दै उनका आफन्त आन्दोलनमा उत्रिएका थिए । आइतबार (आज) दिउँसो गोकुलेश्वर अस्पताल प्रशासन, नेपाल प्रहरी, पिडित पक्ष एवं शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय सुरेन्द्रबहादुर बिष्ट बिच घटनाको वास्तविकता माथि छलफल चलिरहेका बेला पिडित महिलाका आफन्त बैतडीको डिलाशैनी गाँउपालिका ६, चौसेराका नरेन्द्र नाथ र लोकेन्द्र नाथले चिकित्सक तथा अस्पतालमाथि भौतिक आक्रमणको प्रयास गरेको बताउदैं दुबैजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरिक्षक अरुण बमले बताएका छन । पिडित पक्षका आफन्तले भने नवजात शिशुको मृत्यु अस्पतालको लापरबाहीले भएको र यसका लागि अस्पताल प्रशासनले लिखित रुपमा माफि माग्नुपर्ने बताउदैँ आइरहेको छ । यद्यपी अस्पताल भने यो घटनामा आफ्नो कुनैपनि प्रकारको कमजोरी नरहेको बताउदैं आएको छ । योसंगै अस्पतालका अन्य काम कार्यबाही तनाव ग्रस्त बनेको छ ।

प्रतिक्रिया