Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०४:३३

अभियन्ता 'क्वालिटी' को परोपकार : अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई नि:शुल्क रिचार्ज गर्दै

Wide Nepal News
मङ्गलबार, असार ०१, २०७८
दार्चुला : नेपाल सहित बिश्वका थुप्रै देशमा महाव्याधिको रुप लिएको कोभिड-१९ का कारण प्राय सबै ठाउँमा विद्यालयहरु बन्द अवस्थामा रहेका छन् । देशका विभिन्न ठाँउमा सरकारले जारी गरेको निषेधाज्ञाका कारण विद्यार्थीको भौतिक उपस्थितिमा बिद्यालयहरुले कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन् । बैकल्पिक माध्यमबाट पढाईलाई निरन्तरता दिन कतिपय बिद्यालयहरुले अहिले अनलाईन कक्षाहरु सञ्चालन गरि पठनपाठनलाई निरन्तरता दिइरहेका छन् । सञ्चारको राम्रो पहुँच भएका र आर्थिक स्थिति सबल भएका घर परिवारका बिद्यार्थीहरुको लागी अनलाईन कक्षा प्रभावकारी नै देखिएको छ। यद्यपी आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई अनलाईन माध्यमबाट पठनपाठन गर्न समस्या भईरहेको छ । सरकारले पनी अनलाईन माध्यमबाट कक्षा सञ्चालन गर्ने त भनेको छ तर सबैको पहुँच पुग्ने गरी बिशेष प्याकेज उपलब्ध गराउन सकेको छैन। आर्थिक अभाबका कारण कतिपय बिद्यार्थीहरु अनलाईनको माध्यमबाट हुने पठनपाठनबाट बञ्चित हुनुपर्ने बाद्यता देखिएको छ । यसैबिच बैतडीका सामाजिक अभियन्ता भोजराज जोशी (क्वालिटी)ले आर्थिक अभावमा अनलाइन कक्षा लिन बाट बञ्चित हुनुपरेका विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै विद्यार्थीका लागि बिशेस प्याकेज लिएर आएका छन । पब्लिक पावर नामक संस्थाका अध्यक्ष समेत रहेका जोशीले समाजिक सञ्जाल फेसबुकमा आइतबार एक स्ट्याटस पोस्ट गर्दै निषेधाज्ञाको समयमा अनलाइन कक्षा लिनका लागि आर्थिक अभावको कारण बञ्चित रहेका विद्यार्थीहरुको फोनमा रिचार्ज गरिदिने घोषणा गरेका हुन । सोहि अनुसार दार्चुला तथा बैतडी लगायतका पहाडी जिल्लाका बिद्यार्थीहरुको लागि आफुले नि:शुल्क रुपमा रिचार्ज सेवा उपलब्ध गराउने बताएका छन । क्वालिटीको नामले चिनिएका अभियन्ता जोशीले जेठ ३१ गत (हिजो) देखि असार ६ गतेसम्मका लागि एक हप्ता भित्रमा ३० हजार नेपाली रुपैयाँ बराबरको रिचार्ज कार्ड अनलाइन कक्षा लिइरहेका विद्यार्थीहरुलाई बितरण गर्ने योजना रहेको बताएका छन । आवश्यकता आधारमा रकम थप्ने जोशीको भनाई छ । कोही पनी बिद्यार्थीहरु मोबाइलमा रिचार्ज अभावकै कारण अनलाईन कक्षा लिनबाट वञ्चित नरहुन भन्ने उद्देश्यले आफुले यस्तो योजना बनाएको अभियान्ता क्वालिटीले बताए । उनले सोमबार (हिजो) मात्रै ९ हजार ६ सय ५० रुपैयाँ बराबरको रिचार्ज कार्ड ६४ जना विद्यार्थीको मोबाइलमा पठाइसकेको  र यो क्रम एक हप्तासम्म निरन्तर संचालन हुने बताएका छन । रिचार्जको लागी विद्यार्थीहरुले उनको फेसबुक आइडी भोजराज जोशी 'क्वालिटी' तथा मोबाईल नम्बर ९८६४४८६९५९ मा सम्पर्क गर्न सक्ने छन । उनले अप्ठ्यारोमा परेका विद्यार्थीहरुलाई आफूलाई सम्झिन आग्रह समेत गरेका छन ।

प्रतिक्रिया