Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:५९

गोकुलेश्वरका युवा सुनचादीँ व्यवसायी शाहुद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

Wide Nepal News
बुधबार, असार ०२, २०७८
दार्चुला : डाक्टर महाबिर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दार्चुलाका युवा सुनचादीँ व्यवसायी दिपेन्द्र शाहुले आर्थिक सहयोग गरेका छन ।
दार्चुृलाको शैल्यशिखर नगरपालिका ०९, गोकुलेश्वरका न्यु लक्ष्मी भुवन सुनचादीँ पसलका संचालक शाहुले अहिलेको समयमा राष्ट्रिय आविष्कार केन्द्रले निभाइ रहेको भूमिकाको प्रशंसा गर्दै आफूले ५ हजार रुपैँया आर्थिक सहयोग पठाएको बताएका छन ।
"कोरोना भाइरसको संक्रमणले अस्पतालहरुमा बिरामीहरु छटपटाइरहेका बेला डा. पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले हाम्रो दार्चुला सहित देशका विभिन्न ठाँउमा स्वास्थ्य सामग्री पठाइ राख्नुभएको छ ।" शाहुले थपे, "उहाँले केहिदिन अघि हाम्रो जिल्लाका लागि समेत अक्सिजन सिलिण्डर सहित थप स्वास्थ्य सामग्री नि:शुल्क रुपमा पठाइदिनु भएको छ । त्यसैले पनि राष्ट्रिय आविष्कार केन्द्रलाई आफूले सकेको आर्थिक सहयोग गरेको हुँ ।"
उनले राष्ट्रिय आविष्कार केन्द्रको ग्लोबल आइएमई बैंकमा रहेको L१०१०१००००६८६ नम्बरको खातामा उक्त रकम पठाएका हुन ।

प्रतिक्रिया