Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:००

आफन्तजनको सम्झनामा पदमार्ग वरिपरि वृक्षारोपण

Wide Nepal News
बिहिबार, असार ०३, २०७८
दार्चुला : अपिहिमाल गाउँपालिकाका स्थानीयले आफूले गुमाएका आफन्तको सम्झनामा वृक्षारोपण गरेका छन । अपिहिमाल गाउँपालिकामा निर्माण भइरहेको सिद्ध मकरीकोट पदमार्गको दायाँबायाँ प्रियजनको सम्झनामा वृक्षारोपण गरिएको छ । स्थानीयले मृत्यु भएका आफ्ना आफन्तजनको सम्झनामा वृक्षारोपण गरेका हुन । जेष्ठ नागरिक समाज अपिहिमालले पदमार्गको छेउछाउतिर ३ सय ८६ बोट वृक्षारोपण गरेका छन् । पदमार्ग भएको ठाउँमा धुपीसल्लो, सल्लो, उतिस, गुराँश लगायतका विरुवाहरु वृक्षारोपण गरिएको जेष्ठ नागरिक समाजका अध्यक्ष बहादुर सिह ठेकरले जानकारी दिएका छन । आफ्ना आफन्तजनको सम्झनामा अपिहिमाल गाँउपालिकाका हरेक स्थानीयले वृक्षारोपण गरेको बताइएको छ । आफ्ना आफन्तजनलाई सम्झनको लागि गाउँपालिकाभरीका नागरिकलाई वृक्षारोपण गर्न आह्वान गरिएको थियो । सोही अनुसार गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल, उपाध्यक्ष उर्मिला बोहरा, वडाअध्यक्ष, कर्मचारी, बृद्धबृद्धा तथा स्थानीयको सहभागितामा वृक्षारोपण गरिएको छ ।

प्रतिक्रिया