Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०४

झुलाघाट नाका भइ साढे ४ हजार बढि नागरिक भारतबाट स्वदेश फर्किए

Wide Nepal News
बिहिबार, असार ०३, २०७८
दार्चुला । कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएयता बैतडीसित सीमा जोडीएको झुलाघाट नाका भएर साढे ४ हजार बढी नेपाली नागरिक स्वदेश फर्किएका छन् । बैशाख देखी असार १ गते सम्म ४ हजार ६ सय २६ जना स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार बैतडीका २ हजार २ सय ४० जना, दार्चुलाका २७, बझाङका १ हजार ६ सय ६१ जना, डडेल्धुराका १ सय १ , डोटीका २५ ,अछामका ५ जना, बाजुराका १ सय २१ जना झुलाघाट नाका भएर स्वदेश फर्किएका हुन् । यस्तै कैलालीका ५३ जना, कञ्चनपुरका ३० जना, हुम्लाका ६४, मुगुका ६० जुम्लाका ४० जना पनि झुलाघाट नाकाभएर फर्किएका बताइएको छ । नेपाल भित्रिनेमा अधिकाँश भारतमा कोरोना संक्रमण नियन्त्रण्का लागि लकडाउन भएपछि रोजगारि गुमाएर फर्किएका नागरिकहरु छन् । यस्तै अहिले कामको खाजीमा दैनीक भारत जानेको सङख्यामा पनि वृद्धि भएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । कोरोना संक्रमण केही घटेपछि रोजगारिको सिलसिलामा भारत जानेको सङख्या बढ्दै गएको हो । नेपालमा रोजगारिका सम्भावना नभएपछि यहाँका नागरिकहरु घरपरिवार पाल्नकै लागि भारत जाने गरेका छन् । भारतमा कोरोना संक्रमण दर नघटे पनि खान–बस्न नै समस्या हुन थालेको भन्दै उनीहरू भारततर्फ लागेका हुन् । अहिले दोस्रो चरणको कोरोना भाइरस फैलीएको समयमा बैतडीको सीमानाका झुलाघाट बन्द गरिएको छैन् ।भारतबाट फर्किनेको कोरोना जेकजाँच गर्न नाकामै हेल्थ डेस्क स्थापना गरिएको छ ।स्वदेश फर्किने सबैको कोरोना चेकजाँच गरेर प्रवेश गर्न दिइएको छ ।

प्रतिक्रिया