Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०२:०८

दार्चुलाकी वर्षाले जितिन वल्र्ड च्याम्पियनसिपमा रजत पदक

Wide Nepal News
शुक्रबार, असार ०४, २०७८
गोकुलेश्वर : सुदूरपश्चिमको दार्चुला घर भएकी वर्षा साउँदले ओटीडव्लु वल्र्ड च्याम्पियनसिपमा रजत पदक जितेकी छिन्। युरोपको माल्टामा आयोजित 'कुमुते (फाइट) अनलाइन च्याम्पियनसिप'मा नेपालको प्रतिनिधित्व गर्दै बर्षाले दोस्रो स्थान पाउन सफल भएकी हुन्। ललित खत्रीको प्रशिक्षणमा धनगढीमा लामो समय देखि कराते खेल्दै आएकी उनले काता अनलाइन च्याम्पियनसिपमा भने कास्य पदक जितेकी छिन्। २३ वटा देश सहभागिता रहेको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै धनगढी कराते एकेडेमीकी खेलाडी साउँदले तेस्रो स्थान अर्थात कांस्य पदक दिलाएकी हुन्।

प्रतिक्रिया