Wide Nepal News शनिबार ०८, मङि्सर २०८१ ०६:१९

महाकालीको बहाव बढेसंगै सदरमुकाम खतरामा, नदीछेउछाउ नजान प्रहरीद्वारा माइकिङ

Wide Nepal News
शनिबार, असार ०५, २०७८
दार्चुला : निरन्तरको बर्षाले महाकाली नदीमा पानीको बहाव बढ्दै गएसंगै नदीले खतराको सतह पार गरेको छ । दार्चुलाको दत्तुमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले (हिजो) राती १० बजे निकालेको सूचना अनुसार जलमापन केन्द्र दत्तुमा ६.७ मिटर पुगेको छ । भने सदरमुकाम खलंगाको पुलघाटमा ४.५ मिटर पुगेको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले महाकाली नदीमा बाढीले खतराको सतह पार गरेको भन्दै सार्वजनिक सुचना जारी गर्दैसतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरेका छन । नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । यस्तै प्रहरीले सबै क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । दार्चुलाको महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिकातथा लेकम गाउँपालिका महाकाली नदी किनार क्षेत्रका बासिन्दाले सचेतना अपनाउन भनिएको छ । प्रशासनले नदीछेउछाउ नजान स्थानीयलाई आग्रह गरेको छ । नदीमा पानीको बहाव अत्यधिक बढ्दै गइरहेको र पानी पनि नरोकिएको कारण उच्च सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया