Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:०२

गोकुलेश्वरमा प्रहरीको सक्रियता : १ लाख बढिको अवैध सामान बरामद, ४८ सवारी साधनलाई कारबाही

Wide Nepal News
शनिबार, असार ०५, २०७८
दार्चुला : इलाका प्रहरी कार्यालय गोकुलेश्वरले निषेधाज्ञाको समयमा सक्रियता बढाएको छ । कोरोना भाइरस संक्रमण जिल्लाभरि फैलिएसंगै गत बैशाख १६ गते जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको निषेधाज्ञाको समयमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरिक्षक अरुण बम नेतृत्वको टोलिद्दारा गोकुलेश्वर सहित आसपासका विभिन्न ठाँउबाट अनुमती बिना चल्ने ४८ वटा सवारी साधनलाई कारबाहि गरिनुका साथै भन्सार छली तथा तस्करी गरि ल्याइदैँ गरेको १ लाख १३ हजार चार सय मूल्य बराबरको अवैध सामान र २ पेटि (१ सय २० क्वाटर) अवैध मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार कारबाही पर्नेमा जिल्ला प्रशासन कार्यालयको अनुमती बिपरित निषेधाज्ञाको समयमा चलेका ४ वटा ट्रक, एउटा बस, ७ वटा ट्याक्टर, १९ वटा जीप, २ वटा अटो तथा १५ वटा मोटरसाइकल रहेका छन । उक्त सवारीसाधनलाई गरिएको कारबाहीबाट २९ हजार राजस्व संकलन गरिएको छ । यसैबिच भन्सार छली तथा तस्करी गरेर ल्याइदै गरेका ९४ हजार ५ सय मूल्य बराबरका ३ सय १५ बण्डल घोडा बिडी, ४० पोका सुपारी तथा १६ हजार ५ सय मूल्य बराबरका ७० जोर जुत्ता,चप्पल बरामद गरि जिल्ला भन्सार कार्यालय दार्चुला पठाइएको र जेठ १२ गते २ पेटी अवैध मदिरा बरामद गरि नस्ट गरिएको प्रहरी निरिक्षक अरुण बमले 'वाइड नेपाल न्युज'लाई बताएका छन । गोकुलेश्वर सहित आसपासका क्षेत्रमा निषेधाज्ञाको समयमा गैरकानुनी गतिविधि बढेको बताउदैं स्थानीय तथा व्यापारीहरुलाई  गैरकानुनी क्रियाकलाप नगर्न/नगराउन आग्रह गरेका छन ।

प्रतिक्रिया