Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०९:५७

दार्चुलामा गर्भवती महिला बचाउन सेनाले दिए रगत

Wide Nepal News
सोमबार, असार ०७, २०७८
गोकुलेश्वर :  दार्चुलामा गर्भवती महिलालाई बचाउन नेपाली सेनाले रगत दान दिएका छन् । गर्भवती महिलाको अप्रेशनको लागि 'ए पोजेटिभ' रगत आवश्यक परेकोमा सेनाका दुई जनाले रगत दिएका हुन् । सदरमुकाम खलंगास्थित गुरुगोरख दल गुल्ममा कार्यरत हवल्दारद्वय कमल कुमार मोक्तान र राजेन्द्र नेपालीले रगत दान गरेका हुन् । गर्भवती महिलालाई अप्रेशनको लागि रगत चाहिएको थियो । रगत दिने मान्छे कोही नहुँदा नेपाली सेनालाई खबर गरिएको थियो । सेनाबाट रगत पाइएपछि अप्रेशनको लागि सहज बनेको जिल्ला अस्पताल दार्चुलाका ल्याब असिस्टेन्ट दिपक विष्टले बताएका छन । जिल्ला अस्पताल दार्चुलामा रक्तसञ्चार केन्द्र स्थापना भएकोे भए पनि जहिल्यै यो ठाउँमा रगत अभाव हुने गरेको छ । रगत दिन स्थानीय तयार नहुँदा अहिलेसम्म रगतको लागि नेपाली सेना, सशस्त्र प्रहरीलाई गुहार्नु परेको अस्पतालले जनाएको छ । चाहिएको बेला सेना सशस्त्र आएर रगत दिने काम गर्छन्, जुन कार्य प्रंशसनीय छ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजीतसिह धामीले भने, आफ्नो ज्यानलाई प्रवाह नगरी देश र जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीले रक्तदान गरेर सहयोग गर्छन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धामीले रगत दान दिने सेनाका हवल्दारद्वय मोक्तान र नेपालीलाई धन्यवाद ज्ञापन गरेका छन ।

प्रतिक्रिया