Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०९:५५

शैल्यशिखरका उद्यमीलाई सीप सिकाउदै 'वाइड नेपाल'

Wide Nepal News
मङ्गलबार, असार ०८, २०७८
दार्चुृला : सेवा प्रदायक संस्था 'वाइड नेपाल' ले जिल्लाको शैल्यशिखर नगरपालिका ९, नायलका उद्यमी बन्न चाहनेहरुका लागि सिप विकास तालिम संचालनमा ल्याएको छ । शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा मंगलबार (आज) बाट गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत अचार बनाउने सम्बन्धि ५ दिने सिप विकास तालिम संचालनमा ल्याइएको 'वाइड नेपाल' का अध्यक्ष बिस्ना धामीले जानकारी दिएकी छन । तालिममा आज पहिलो दिन १४ जना उद्यमीको सहभागिता रहेको छ भने उद्घाटन समारोहमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टको आतिथ्यता रहेको अध्यक्ष धामीले बताइन । उक्त सिप विकास तालिमको प्रशिक्षण मोहन सिंह धामीले गरिरहेका छन ।

प्रतिक्रिया