Wide Nepal News शनिबार ०८, मङि्सर २०८१ ०४:४३

निर्माणाधीन पूलको ह्युम पाइपभित्र अड्कीएर दार्चुलामा दुई बालकको मृत्यु

Wide Nepal News
मङ्गलबार, असार ०८, २०७८
दार्चुला :  महाकाली नगरपालिका ४, बंगाबगडको लास्कुखोलामा निर्माण हुदैँ गरेको पूलको ह्युम पाइपभित्र अड्कीएर दुई जना बालकको ज्यान गएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलंगा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुवर रहेका छन् । महाकाली लोकमार्ग, दार्चुला तिंकर सडक अन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरवल पूलभित्र राखिएको ह्युम पाइपमा अड्कीएर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन । मंगलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युमपाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पूलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो । पूललाई क्षति नगरोस् भन्ने उद्देश्यले होम पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला दुवै बालक अड्कीएका हुन् । ह्युमपाइप भित्र अड्कीएर मृत्यु भएका बालकलाई जेसीभी लगेर निकालिएको थियो ।

प्रतिक्रिया