Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:२८

दार्चुला कोभिड-१९ (नियन्त्रण) सहयोग तथा समन्वय मंचद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

Wide Nepal News
मङ्गलबार, असार ०८, २०७८
गोकुलेश्वर : दार्चुला कोभिड-१९ (नियन्त्रण) सहयोग तथा समन्वय मन्च ले जिल्ला अस्पताल दार्चुलालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एचएलई नेपाल प्राइभेट लिमिटेड काठमाडौँले उपलब्ध गराएका स्वास्थ्य सामग्री मंगलवार जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरिएको हो । डिस्पोजल पीपीई सेट १२० थान, पुनः प्रयोग गर्न मिल्ने ६० थान पीपीइ सेट, ग्लब्स ४० थान, गगल २ हजार पिस, फेस शिल्ड १८० पिस, केएन नाइन्टीफाइभ मास्क १८० पिस, सुज कभर ३ सय ६० पिस, हेड कभर १ सय ८० पिस अस्पताललाई हस्तान्तरण गरिएको दार्चुला कोभिड—१९ (नियन्त्रण) सहयोग तथा समन्वय मन्चका सह संयोजक भुपेन्द्र विष्टले जानकारी दिए । ति स्वास्थ्य सामग्री २ लाख ७ हजार ९ सय २० रुपैयाँ बराबरको रहेको जनाइएको छ । स्वास्थ्य सामग्री कोभिड—१९ (नियन्त्रण) सहयोग तथा समन्वय मन्चका सह—संयोजक भुपेन्द्र विष्ट र सदस्य अनिल खत्रीले हस्तान्तरण गरेका हुन् । यस्तै यि सामग्रीबाटै मन्चले ब्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिकाको लागि १०÷१० थान पीपीइ सेट र गल्ब्ज छुट्याएर वितरण गर्ने जनाएको छ । उक्त स्वास्थ्य सामग्री काठमाडौँबाट समन्वय गरी मन्चका सदस्य माधव धामीले दार्चुला पठाएका हुन् । यसैबिच पौरखी युवा अभियानले पठाएका स्ट्रेचर सहित अन्य थप अत्यावस्यक स्वास्थ्य सामग्री समेत जिल्लाको शैल्यशिखर नगरपालिका ९, स्थित गोकुलेश्वर प्राथमिक अस्पताल, बोहरीगाउँ स्वास्थ्य चौकी झरकाँडा, सर्माेली स्वास्थ्य चौकी तथा रिठाचौपाता स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । काठमाडौंबाट पौरखी युवा अभियानका अध्यक्ष धर्मानन्द जोशीको पहलमा उक्त स्वास्थ्य सामग्री अभियानका तर्फबाट केसब दत्त जोशी तथा स्वास्थ्यकर्मीले शिवदत्त जोशीद्धारा संयुक्त रुपमा हस्तान्तरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया