Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:०९

दार्चुलामा निषेधाज्ञा असार २० सम्म थप, केहि खुकुलो गरिदैं

Wide Nepal News
बुधबार, असार ०९, २०७८
गोकुलेश्वर । दार्चुलामा जारी निषेधाज्ञा असार २० गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बुधबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप गर्र्दै असार २० गतेसम्म पुर्याएको हो । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले अझै पनि कोरोनाको असर पूर्ण रुपमा न्युनिकरण हुन नसकेको तथा तेस्रो चरणको भेरियन्टको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो । निषेधाज्ञा थप गरिएपनि यसअघिको भन्दा खुकुलो गर्दै लगिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञा समयावधि असार १० गते सकिदै छ । बैठकले यसअघि खुल्दै आएको बजारलाई बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म पुर्याइएको छ । यस्तै बैंक तथा वित्तिय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन् । यसैगरी बैठकले जिल्लाभित्रको यातायात जोरविजोर नम्बरको आधारमा सञ्चालन गर्न दिने भएको छ । असार ११ गते देखि लागू हुने गरी जिल्लाभित्रको सवारी साधन जोरविजोर नम्बरको आधारमा चल्नेछन् । जिल्लाबाहिर जाने सवारी साधन भने जिल्ला प्रशासनको अनुमतिको आधारमा मात्रै चल्ने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिएका छन। बैठकले जिल्लाभित्र सवारी साधन चलाउने सवारी चालक र सहचालकको भने अनिवार्य एन्टिजेन परिक्षण गर्ने भएको छ । चालकहरुको एन्टिजेन परिक्षण नेगेटिभ आए मात्रै सवारी साधन चलाउन पाउनेछन् । यसको लागि सदरमुकाम खलंगाको बसर्पाक, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर र मार्मा गाउँपालिकाको विटुलेमा सवारी चालकहरुको एन्टिजेन परिक्षण गरिनेछ ।

प्रतिक्रिया