Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ १०:०२

दार्चुलामा महिलालाई जलाएर हत्या गरेको आरोपमा तेस्रो व्यक्ति पनि पक्राउ

Wide Nepal News
शुक्रबार, जेठ २७, २०७९
दार्चुला: दार्चुलाकी ४० वर्षीया एकल महिलाको हत्या आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। बुधबार शैल्यशिखर नगरपालिका–१ बारिलमा आगो लगाएर हत्या घटनामा संलग्न भएको आरोपमा स्थानीय भोजबहादुर खडायतलाई बैतडी प्रहरीले खाड्पे क्षेत्रबाट पक्राउ गरेको हो। यसअघि बुधबार नै स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ। भोजबहादुर नेपाल विद्युत् प्राधिकरण बलाच केन्द्रका सेक्युरिटी गार्ड हुन्। प्रारम्भिक अनुसन्धानबाट बारिलकी ४० वर्षीया एकल महिला अनीभा खडायतको आगो लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया