Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:१४

शैल्यशिखरका नगरप्रमुख धामीलाई अश्लील शब्द प्रयोग गरेको आरोपमा बिप्लवका ३ जना कार्यकर्ता पक्राउ

Wide Nepal News
बुधबार, असार ०९, २०७८
गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगरप्रमुुख अमरसिंह धामीलाई गालीगलौज गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) समूहका ३ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । नगरप्रमुख धामीका स्वकीय सचिव सुरेश बिष्टका अनुसार बुधबार (आज) शैल्यशिखर नगरपालिकाको कार्यपालिकाको बैठक चलिरहेका बेला लेकम गाउँपालिका वडा नम्बर १, का जीवन बिष्ट, सोहि वडाका सुरेन्द्र बिष्ट र कञ्चनपुरको पुनर्वास नगरपालिका ५, का आकाश चौधरीले कार्यालयमा प्रवेश गरि नगरप्रमुख धामी सहित प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट र स्वकीय सचिव सुरेश बिष्टलाई अपशब्द प्रयोग गरेको जनाइएको छ । "कार्यपालिका बैठक चलिरहेको थियो । दिउँसो १२ बजेतिर (बिप्लव) समूहका उनीहरु कार्यालयमा नै पुगि नगरप्रमुखलाई गाली गर्न थाले । मैले यसरी अश्लील शब्द प्रयोग नगर्न भनेपछि हामीसित हतियार छ भन्दै नगरप्रमुख धामी सहित कार्यालय प्रमुख र मलाई समेत धम्की दिए ।" स्वकीय सचिब बिष्टले भने, "ज्यान मार्ने सम्मको धम्की दिएपछि प्रहरीलाई खबर गरका हौ ।" अहिले पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरिक्षक अरुण बमले जनानकारी दिएका छन ।

प्रतिक्रिया