Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:२९

शैल्यशिखर नगरपालिकाद्वारा ५३ करोड भन्दा बढिको बजेट सार्वजनिक, शिक्षा र सडक प्राथमिकतामा

Wide Nepal News
बिहिबार, असार १०, २०७८
गोकुलेश्वर : दार्चुलाको शैल्यशिखर नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५३ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ। बिहीवार (आज) बसेको नगरपालिकाको ९ औं नगरसभाले ५३ करोड ८४ लाख ५६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख अमरसिंह धामीले आगामी आर्थिक वर्षमा कोरोना नियन्त्रणका साथै नगरपालिकामा शिक्षा, स्वास्थ्य तथा सडकलाई प्राथमिकतामा राखिएको बताएका छन । शैल्यशिखर नगरपालिकाको नीति तथा कार्यक्रम नगरप्रमुख धामीले प्रस्तुत गरेका हुन भने नगर उपप्रमुख राजमती बम (पाल) ले प्रस्तुत गरेकी हुन । जिल्लाका अन्य स्थानीय तहले पनि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । असार १० गतेभित्र नीति, कार्यक्रम ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार यहाँका स्थानीय तहहरुले सोही अनुसार आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेका हुन ।

प्रतिक्रिया