Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:०८

लेकमले ल्याउन सकेन बजेट, दार्चुलामा ८ स्थानीय तहमध्ये कुन स्थानीय तहको बजेट कति ?

Wide Nepal News
शुक्रबार, असार ११, २०७८
गोकुलेश्वर  : दार्चुला जिल्लाका ९ स्थानीय तहमध्ये आठ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकार वित्तीय व्यवस्थापन ऐन बमोजिम स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट असार १० गतेसम्म ल्याइसक्नुपर्ने कानुनी व्यवस्था अनुसार लेकम गाउँपालिका बाहेक जिल्लाका ८ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेका छन । दार्चुलाको शैल्यशिखर नगरपालिकाले ५३ करोड ८४ लाख ५६ हजार अनुमानित बजेट नगर उपप्रमुख राजमती बम पालले नगरसभामा प्रस्तुत गरेकी छन । त्यस्तै महाकाली नगरपालिकाले ६३ करोड ३५ लाख ४२ हजार आगामी अनुमानित बजेट नगर सभामा प्रस्तुत गरेको छ । जिल्लाका २ नगरपालिका पछि सबैभन्दा बढी बजेट ल्याउनेमा नौगाड गाउँपालिका देखिएको छ । नौगाड गाउँपालिकाले ४५ करोड ९३ लाख ४० हजार आगामी बजेट ल्याएको छ । जिल्लाका गाउँपालिकामध्ये सबैभन्दा बढी नौगाड गाउँपालिकाले बजेट ल्याएको हो । नौगाड गाउँपालिकाको झण्डै ४६ करोड आगामी बजेट ल्याएको छ । चालु तर्फ रु ११ करोड ८२ लाख ४२ हजार र पूजिँगततर्फ ७ करोड ६७ लाख बजेट रहेको छ । सशर्त तर्फ २० करोड १८ लाख ८ हजार, बिशेष अनुदानतर्फ रु ४ कारोढ ७ लाख, समपुरक अनुदानतर्फ रु २ करोड १८ लाख९० हजार गरी जम्मा ४५ करोड ९३ लाख ४० हजार रहेको छ । मालिकार्जुन गाउँपालिकाले ४४ करोड २६ लाख ६५ हजार बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीले प्रस्तुत गरेकी हुन । वार्षिक नीति तथा कार्यक्रमम पारित गरिएको गाउँपालिका जनाएको छ । वार्षिक नीति तथा कार्यक्रमम पारित भइसकेको गाउँपालिका मार्मा गाउँपालिकाले ४१ करोड १९ लाख ५४ हजारको बजेट ल्याएको छ । मार्मा गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम भने असार ८ गते नै ल्याइसकेको गाउँपालिकाका अध्यक्ष जमनसिहं धामीले बताएका छन । यसैबिच ब्याँस गाउँपालिकाले ३७ करोड १७ लाख ३४ लाखको बजेट सार्वजनिक गरेको छ । अपिहिमाल गाउँपालिकाले ३३ करोड २१ लाख ९० हजार आगामी गाउँसभामा प्रस्तुत गरेको उपाध्यक्ष उर्मिला बोहराले बताइन । त्यस्तै दुहूँ गाउँपालिकाले ३६ करोड ३२ लाख ७६ हजार आगामी बजेट प्रस्तुत गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकार वित्तीय व्यवस्थापन ऐन बमोजिम स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट असार १० गतेसम्म ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ । तर लेकम गाउँपालिकाले विभिन्न कारण देखाइ आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेको छैन ।

प्रतिक्रिया